LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

बुटवल १२ तामनगरमा रहेको रम्भादेवी सेककेण्डरी स्कुलले शनिवार पुरस्कार वितरण तथा बृहद् सांस्कृतिक कार्यक्रम गरेको छ ।
कार्यक्रममा २०८० सालमा नर्सरीदेखि कक्षा ९ सम्म अध्ययन गरि पास भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

त्यसैगरी सोही अवसरमा खेलकुद सप्ताहमा आयोजना गरिएको अभिभावकहरुको खेलमा विजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी कक्षा ८ मा फोर जिपिए ल्याउने दुई विद्यार्थीलाई समेत सम्मान गर्नुका साथै उत्कृष्ट शिक्षक, कर्मचारी र शत प्रतिशत नतिजा दिने शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो ।

त्यसैगरी चारवटा हाउसमध्ये प्रथम हुने ग्रीन हाउलाई यो सालको हाउस अफ दि इएर घोषणा गरि पुरस्कार तथा सम्मान दिइएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका शिक्षा शााखा प्रमुख टिकाराम पन्थी, विद्यालयका प्राचार्य केशव श्रीस, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यवहादुर भट्टराई, विद्यालयका प्रवन्ध निर्देशक मनोजकुमार बस्नेत, बुटवल १२ का वडा अध्यक्ष डिल्लीप्रसाद शर्मा आचार्य, अभिभावकतर्फबाट देवी न्यौपाने लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य विद्यालयका सह प्राचार्य कमल खनालले गर्नुभएको थियो भने कार्यक्रमको संचालन शिक्षक प्रकाश भट्टराईले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय