LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

बुटवल १२ तामनगरमा रहेको रम्भादेवी सेककेण्डरी स्कुलले शनिवार पुरस्कार वितरण तथा बृहद् सांस्कृतिक कार्यक्रम गरेको छ ।
कार्यक्रममा २०८० सालमा नर्सरीदेखि कक्षा ९ सम्म अध्ययन गरि पास भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

त्यसैगरी सोही अवसरमा खेलकुद सप्ताहमा आयोजना गरिएको अभिभावकहरुको खेलमा विजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी कक्षा ८ मा फोर जिपिए ल्याउने दुई विद्यार्थीलाई समेत सम्मान गर्नुका साथै उत्कृष्ट शिक्षक, कर्मचारी र शत प्रतिशत नतिजा दिने शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो ।

त्यसैगरी चारवटा हाउसमध्ये प्रथम हुने ग्रीन हाउलाई यो सालको हाउस अफ दि इएर घोषणा गरि पुरस्कार तथा सम्मान दिइएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका शिक्षा शााखा प्रमुख टिकाराम पन्थी, विद्यालयका प्राचार्य केशव श्रीस, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यवहादुर भट्टराई, विद्यालयका प्रवन्ध निर्देशक मनोजकुमार बस्नेत, बुटवल १२ का वडा अध्यक्ष डिल्लीप्रसाद शर्मा आचार्य, अभिभावकतर्फबाट देवी न्यौपाने लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य विद्यालयका सह प्राचार्य कमल खनालले गर्नुभएको थियो भने कार्यक्रमको संचालन शिक्षक प्रकाश भट्टराईले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय