LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको कञ्चनमा माघ २२ गते देखि १० बर्ष देखि १४ बर्ष उमेर समूहका किशोरीहरुका लागि एचपीभी संक्रमणबाट हुने पाठघरको मुखको क्यान्सरको जोखिम विरुद्धको एच.पी.भि.खोप लगाउने अभियान शुरु हुने भएको छ ।

कञ्चन गाउँपालिका स्तरीय खोप समन्वय समितिका पदाधिकाहरुका लागि संचालन गरिएको अभिमुखीकरण कार्यक्रममा एच.पी.भि. खोप अभियानबारे जानकारी गराइएको हो।

हरेक बर्ष २ हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भन्ने अनुमान गरिएको र उक्त समस्यालाई न्ययुनिकरण गर्ने उद्धेशयका साथ नेपाल सरकारले स्वास्थ्य संस्थाहरु मार्फत नेपालका कक्षा ६ देखि १० कक्षामा अध्यनरत १० बर्ष देखि १४ बर्ष उमेर समूहका लागि एच.पी.भि.खोप लगाइने भएको हो ।

एच.पी.भि.खोप अभियान सम्बन्धी पालिका स्तरीय खोप समन्वय समितिका पदाधिकारी, जनप्रतिनीधि, विद्यालयका प्रधानाध्यापक, पत्रकार तथा सञ्चारकर्मीहरुका लागि संचालन गरिएको अभिमुखीकरण कार्यक्रमको शुभारम्भ कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले गर्नु भएको थियो ।

खोप अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष ढकालले नेपाल सरकारले संचालन गर्न लागेको राष्ट्रिय अभियानलाई कञ्चनका सबै पक्षहरुबाट सहयोग र सहकार्यका लागि आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय