LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना मा.वि. को ६६ औं वार्षिकोत्सवको अवसरमा आयोजित खेल सप्ताह अन्तरगत विभिन्न प्रतियोगिता सम्पन्न भएका छन् ।

कक्षा ११–१२ र सिटिइभिटी अन्तरगत भलिवल, फुटवल, कपर्दी, हाइ जम्प, लङ्गजम्प, टेवल टेनिस, सटपुट, ४०० मिटर दौड लगायतका खेलहरु सम्पन्न भएका छन् ।

यस्तै, कक्षा ६ देखि ९ का विद्यार्थीहरुको १०० मिटर र २०० मिटर दौड सम्पन्न भएका छन् । त्यसैगरी कबड्डी, लङगजम्प, टेवल टेनिस, कपर्दी, प्रतियोगिताहरु भएको अतिरिक्त क्रियाकलाप संयोजक सुशील पाण्डेयले जानकारी दिनुभयो ।

यस्तै साहित्य सम्बन्धी कार्यक्रमतर्फ कक्षा ११–१२ मा सामाजिक सञ्जालको प्रयोग शीर्षकमा निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । जसमा ३६ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

यस्तै कक्षा ८ र ९ मा भएको वक्तृत्वकला प्रतियोगितामा अनुश्री शर्मा प्रथम, मेलिना घिमिरे द्वितीय, प्राप्ती अर्याल तृतीय र गृष्मा ज्ञवाली तृतीय भएको शिक्षक भीम भुसालले बताउनुभयो । नेत्रकुमारी अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन गीता पन्थीले गर्नुभएको थियो ।
यस्तै कक्षा ६ र ७ मा खुला कथा लेखन, कविता वाचन र वक्तृत्वकला प्रतियोगिता भएको छ ।

वार्षिकोत्सवको अवसरमा माघ १५ गते खाना महोत्सव तथा पुस्तक प्रदर्शनी, माघ १८ गते जिल्ला स्तरीय विज्ञान प्रदर्शनी, रक्तदान कार्यक्रम र पढाइ महोत्सव, माघ २० गते छात्रवृत्ति वितरण र माघ २१ गते वार्षिकोत्सवको मूल समारोहको कार्यक्रम हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय