LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

बुटवल उपमहानगरपालिका मेयर खेलराज पाण्डेयले बुटवलमा सञ्चारग्राम स्थापना गरेरै छाड्ने जिकिर गर्नुभएको छ । मिडिया हाउसमा काम गर्ने सञ्चारकर्मीहरुको संरक्षणको लागि बुटवलमा मिडिया ग्रामको स्थापना आवश्यकता रहेको बताउँदै उहाँले यसमा सहयोग गर्नको लागि आग्रह गर्नुभएको छ ।

शान्तिका लागि सञ्चार अभियानद्वारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको १५ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै नगरप्रमुख पाण्डेयले बुटवलमा सञ्चारग्रामको आवश्यकता रहेकोमा जोड दिनु भयो । बुद्ध सामुदायिक टेलिभिजनका वरिष्ठ सल्लाहकार समेत रहनु भएका उहाँले सञ्चार जगतमा आर्थिक समस्या रहेको अवस्थामा स्थानीय तहले सहयोगी भूमिका खेल्दै आएको उहाँले बताउनु भयो ।

टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै टेलिभिजन अहिले देशभर प्रशारण भईरहेको जानकारी गराउँदै सञ्चार र उपकरणमा आधुनिक बनाउदै ल्यैजादै जानु पर्नेमा जोड दिनु भयो ।

टेलिभिजन देशभर प्रशारण भएपनि लुम्बिनी प्रदेशलाई केन्द्रमा राखेर समाचार र कार्यक्रम उत्पादन गर्दै आएको बताउँनु भयो । टेलिभिजनले भाषा ,संस्कृतिको संरक्षणको लागि विभिन्न भाषाहरुबाट कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गरानउनु भयो । समुदायबाट सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनले आवाज विहिन जनताको आवाज बन्दै गएको उल्लेख गर्नुभयो ।

टेलिभिजनका कानुनी सल्लाहकार प्रध्यापक डाक्टर बुद्ध बहादुर थापाले सरकारले राज्यको चौथों अगं प्रेस जगत तथा बुद्धिजिविहरुलाई बेवास्ता गर्दै आएको बताउनु भयो । मिडिया संरक्षण गर्नु तीनै तहका सरकारको दायित्व रहेको बताउँदै उहाँले पछिल्लो समयमा मिडिया कमजोर बन्दै जाँदा लोकतन्त्र समेत कमजोर बन्दै गएको बताउनु भयो ।
टेलिभिजनका पुर्व अध्यक्ष तथा निर्देशन समितिका संयोजक बरिष्ठ अधिवक्ता बेनबहादुर पौडेल क्षत्रीले संस्था बचाउने दायित्व सञ्चालन सदस्य रहेको बताउँदै उहाँले समय सापेक्ष लगानी बढाउनु पर्नेमा जोड दिनु भयो ।
टेलिभिजनका सल्लाहकार एवं नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोखरेलले बुटवलमा अरु मिडिया हाउस भन्दा बुद्ध सामुदायिक टेलिभिजन सक्षम र सबल बन्दै गएको बताउनु भयो । मिडिया हाउसले पत्रकारहरुको हकहित संरक्षणसँगै क्षमता बृद्धिमा समेत लाग्नु पर्नेमा जोड दिनु भयो ।

निवर्तमान अध्यक्ष एवं निर्देशन समिती सदस्य पृथबहादुर फौदारले टेलिभिजनको स्थायी आम्दानी नहँुदा सम्म सहज ब्यवस्थापन गर्न नसकिने उल्लेख गर्नुभयो । टेलिभिजनका सल्लाहकार रिता सेन वलीले टेलिभिजनको जग्गा खरिद गरिएको भएपनि उपयोग गर्न नसकेको भन्दै प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनु भयो । टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत कपिल ज्ञवालीले टेलिभिजनको पछिल्लो अवस्थाको बारेमा जानकारी गराउँदै टेलिभिजनका विभिन्न शाखाहरु लैङ्गिक मैत्री बनाईएको बताउनु भयो । टेलिभिजनले उत्पादन हुने समाचार तथा कार्यक्रमहरु समुदायमा नै आधारित रहेको उहाँले बताउनु भयो ।

यस्तै साधारणसभामा कोषाध्यक्ष अरुण कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । टेलिभिजनका उपाध्यक्ष गोपाल ज्ञवालीको स्वागत, सचिव जेबि गुरुङको सञ्चालन र सञ्चालक डोलराज बस्यालको ध्यन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो । साधारण सभामा अध्यक्ष ज्ञवालीको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष श्रेष्ठको आर्थिक प्रतिवेदन सर्वसहमतिले पारित भएको सचिब जेबि गुरुङले जानकारी दिनु भयो । साधारणसभाकै अवसरमा बजार प्रतिनिधि बसन्ती कार्कीलाई उत्कृष्ट कर्मचारीकोरुपमा सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय