LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै सरकार २०८४ को चुनावपछि मात्रै परिवर्तन हुने जवाफ दिनुभएको छ ।

एमालेका अध्यक्षसमेत रहेका ओलीले संसदीय दलको बैठकलाई मंगलबार सम्बोधन गर्दै अस्थिरता मच्चाउन खोज्नेहरुले सरकार ढल्छ भनेर प्रचार गरेको जिकिर गर्नुभयो ।

प्रचण्डले पछिल्लो समय हरेकजसो भाषणमा सरकार ढल्न लागेको बताउँदै आएको प्रसंग उल्लेख गर्दै अध्यक्ष तथा प्रधानमन्त्री ओलीले प्रचण्डले चाहँदैमा सरकार ढल्दैन बरु सरकारको आयु लामो हुन्छ भन्नुभयो ।

प्रधानमन्त्ती ओलीले भन्नुभयो–सरकार ढल्छ भनेर मिति तोकेका तोकै छन्, यो सरकार ढल्न त ढल्छ तर २०८४ को निर्वाचनपछि मात्रै ढल्छ । २०८४ को निर्वाचनमा आउने परिणाम पछि कसरी जान्छ भन्ने हुन्छ । सरकार मंसिरमा ढल्छ, तर मान्छेहरुले अस्ति गएको मंसिर बुझेछन् । २०८४ को चुनावपछि सरकार परिवर्तन हुन्छ ।’

प्रधानमन्त्री ओलीले आफू र आफ्नो श्रीमतीको नाममा स्वीस बैंकमा पैसा राखेको छ भनेर प्रचार गरेकोप्रति असन्तुष्टिसमेत जनाउनुभयो ।
उहाँले पार्टीका सांसदहरुलाई सत्यतथ्यमा आधारित भएर बहस गर्न निर्देशन दिँदै संसदको पहिलो बैठकमै सरकारले ल्याएको अध्यादेश पेस गर्ने जानकारी गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय