लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेल क्षेत्रको विकास प्रदेशकै प्राथमिकतामा रहेको बताउनु भएको छ । तुलसीपुर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको मंगलबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले खेल क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।
‘प्रदेश सरकारले खेल क्षेत्रको समग्र विकासलाई उच्च प्राथमिकतामा राखेको छ । खेलका विविध विधाहरू छन् । ती विधाहरूलाई समान रुपमा प्रदेश सरकारले प्राथमिकतामा राखेर कार्यक्रमहरूमा जोड दिएको छ’, उहाँले भन्नुभयो– ‘खेल पूर्वाधार निर्माण, खेलाडीको क्षमता अभिवृद्धि तथा नियमित प्रतियोगिताहरूको आयोजना प्रदेश सरकारको पहिलो प्राथमिकताभित्र पर्दछ ।



उहाँले खेलकुद क्षेत्रले केवल शारीरिक र मानसिक विकास मात्र नभई आर्थिक विकास, पर्यटन प्रवद्र्धन र व्यावसायिक खेलाडी उत्पादनमा समेत ठूलो योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
‘नेपालमा आयोजना भएका खेल प्रतियोगितामा विदेशबाट पनि मानिसहरु हेर्न आउनु भयो । यसले खेल पर्यटनको सम्भावनालाई जागृत गरेको छ’ उहाँले भन्नुभयो– ‘आर्थिक समृद्धिको आधारको रुपमा खेल क्षेत्रलाई सरकारले लिएको छ ।’
प्रदेश सरकारले स्थानीय खेल प्रतिभाहरूको पहिचान र उनीहरूको उचित व्यवस्थापनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।




