ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित रुपन्देहीको तिलोत्तमास्थित ब्रिटिस ग्रामर स्कूल रुपन्देही (नमस्ते एकेडेमी) मा ‘बीजीएसआर क्रियटिभ फेस्ट–२०८१ सम्पन्न भएृको छ । बीजीएसआर क्रियटिभ फेस्ट विद्यालयले आयोजना गरेको तेस्रो संस्करण हो ।
कार्यक्रमको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले मंगलवार एक कार्यक्रमका बीच उदघाटन गर्नुभएको थियो ।
सो अबसरमा बोल्दै नगरप्रमुख खाँणले शैक्षिक क्षेत्रको विकासमा नीजि शैक्षिक संस्थाको महत्वपूर्ण भूमिका रहेको बताउँदै नीजि शैक्षिक संस्थालाई माफियाको नजरले हेर्नु दुःखद भएको बताउनुभयो ।



नगर प्रमुख खाँणले तिलोत्तमा नगरपालिकाले सामुदायिक र नीजि विद्यालयलाई समान व्यवहार गर्ने गरेको बताउनुभयो ।
यस्तै विद्यालयका प्राचार्य दिलबहादुर बुढाथोकीले विद्यार्थीहरुको क्रियटिभिटी, मौलिकतालाई बाहिर ल्याउन आफुहरुले हरेक वर्ष यो कार्यक्रम गर्ने गरेको बताउनुभयो ।
प्राचार्य बुढाथोकीले यो कार्यक्रममा विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरु कुनै न कुनै गतिविधिमा सहभागी हुने गरेको बताउँदै यसले विद्यार्थीहरुमा सहयोग, समन्वय र आत्मविश्वासको विकास गर्ने उल्लेख गर्नुभयो । उहाँले कार्यक्रमबाट विद्यार्थीहरुभित्र लुकेको अन्तरनीहित प्रतिभालाई बाहिर ल्याउन महत्वपूर्ण सहयोग गर्ने गरेको बताउनुभयो ।
विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले बीजीएसआर क्रियटिभ फेस्टले खास गरी विद्यार्थीहरुको नेतृत्व सीप क्षमताको विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
गत वर्ष एक दिन मात्रै कार्यक्रम गर्ने गरिएकोमा विद्यार्थीहरुको मागलाई मध्यनजर गरि यो वर्ष २ दिनसम्म यो कार्यक्रम गरिएको विद्यालयले जनाएको छ ।
क्रियटिभ फेस्टमा मुलत क्याफे, आर्केड, आर्ट एक्जिबेशन, रोबोटिक्स, फूड फेस्ट, हरर हाउस, मार्केट र फोटो बुथ विधाहरु समावेश गरिएको थियो ।




