LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोट र कार्यान्यवनमा देखिएको विकृतिलाइ अन्त्य गर्न प्रदेश सरकार निर्मम बनेर अघि बढेको बताउनु भएको छ ।

कपिलवस्तुस्थित आनन्दनगरमा मदन आश्रित स्मृति भवनको शिलान्यास गर्दै मुख्यमन्त्री आचार्यले योजना छनोट गर्ने, कार्यान्वयनमा देखिएको विकृति अन्त्य गर्न टुक्रे योजना निरुत्साहित गर्ने, पाँच लाख भन्दा माथिका योजना कार्यान्वयनमा प्रतिस्पर्धा गराउने निर्णय गरिएको स्पष्ट पार्नु भयोे ।

उपभोक्ता समितिको नाममा योजना कार्यान्वयनमा देखिएको विकृतिलाई रोक्न प्रदेश सरकार निर्मम बनेको छ, उहाँले भन्नुभयो– सरकारले सबै खाले विकृतिलाई निरुत्साहित गर्ने बिषयलाई प्राथमिकतामा राखेको छ ।
सुशासन कायम गर्न भ्रष्टाचार बिरुद्धको अभियानलाई प्राथमिकतामा राखेको उहाँले बताउनु भयो ।

मुख्यमन्त्री आचार्यले भन्नुभयो– सरकारले सुशासन कायम गर्ने बिषयलाई आफ्नो प्राथमिकतामा राखेर अघि बढिरहेको छ । प्रदेश सरकार जनताको भरोसाको केन्द्र बन्न सफल भएको छ । प्रदेश स्थापनाले जनताको समस्यालाई नजिकबाट सम्बोधन गर्न सफल भएको छ ।

उहाँले संघीयतालाइ बलियो र स्थापित गर्न तिन तहका सरकारको विचमा समन्वय, सहकार्य र सहअस्तित्व कायम गरि अघि बढ्नुनै आजको आवश्यकता भएको बताउनु भयो ।
एक करोडको लगानीमा मदन आश्रित स्मृति भवन निर्माण सुरु भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय