LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

तिरुपति क्रिकेट क्लबले भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा जित हात पारेको छ ।
प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको बिहीबारको खेलमा उसले बुटवल राइनोज क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्दै जित हात पारेको हो ।

जितका लागि पाएको १ सय ८ रनको लक्ष्य तिरुपतिले २४ ओभर २ बलमा ६ विकेट गुमाएर १ सय ११ रन बनाउँदै पूरा गर्यो र जित निकाल्यो । उसको जितमा एजाजुल हकले ३३, बसिर अहम्मदले २२, आनन्द गौडले २० र तुलबहादुर थापाले अविजित ११ रन जोडे । बलिङमा बुटवल राइनोजका सुप्रिम कँडेलले ३ तथा शिव कुँवर र इमरान शेषले १–१ विकेट लिए ।

यसअघि सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बुटवल राइनोजले निर्धारित ४१ ओभरमा ३२ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १ सय ७ रनको सामान्य लक्ष्य खडा गरेको थियो ।

रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहप्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय