LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना नगरपालिका ९ मा स्थापना भएको कालिका युवा क्लवले महाशिवरात्री पर्व विशेष कार्यक्रम गर्ने भएको छ ।

नेपाली कला संस्कृतिको जगेर्ना गरौं भन्ने नारा र अभियानका साथ क्लवले शिवरात्री विशेष नृत्य प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको हो ।

आगामी फागुन १४ गते महाशिवरात्रीको दिन हुने उक्त कार्यक्रम सैनामैना ९ स्थित गणेश मन्दिरको प्रांगणमा हुने क्लवले जनाएको छ ।

सांगीतिक कार्यक्रममा गायक भीष्म अर्याल, आर्यन भण्डारी, सुमित भट्टराई, अमृत सुनार, सागर लिन, मोडेल तथा डान्सर सन्ध्या सुनार, गायिका बसन्ता खनाल, ¥यापर मिस्टर पाण्डेको विशेष प्रस्तुती रहने भएको छ ।

त्यसैगरी कार्यक्रममा होस्टको रुपमा सागर लम्साल र दिपेश चापागाई अर्गनाईजरको रुपमा रहनुहुने आयोजक कालिका युवा क्लबले जनाएको छ । सांगीतिक कार्यक्रमका साथै लाईभ दोहोरीको मज्जा समेत लिन पाईने क्लवको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय