LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेकपा माओवादी केन्द्र सैनामैना नगरको तेस्रो अधिवेशनबाट मान बहादुर महत (नारायण) अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

त्यस्तै उपाध्यक्ष पदमा दिपक भण्डारी, तेजनारायण सुवेदी, सुमित्रा पराजुली, सचिव पदमा राजेन्द्र घिमिरे, सहसचिवमा सन्तोष परियार र कोषाध्यक्ष पदमा माया रसाइली सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ ।

अधिवेशनले ५५ सदस्यीय नयाँ कमिटी चयन गरेको हो ।
निर्वाचित पदाधिकारीले आगामी दुई वर्षसम्म सैनामैनामा पार्टीको नेतृत्व गर्नेछन ।
त्यसअघि अधिवेशनको विहिवार नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुन् अनन्तले उदघाटन गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले बोल्दै पार्टीलाई एकताबद्ध बनाएर लैजाने कुरामा सर्वसम्मत रुपमा हुने नेतृत्व चयनले ठूलो महत्व राख्ने बताउनुभयो ।

उहाँले स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर पार्टी संगठन अभियानलाई सुदृढीकरण गर्न निर्देशन समेत दिनुभएको छ । अध्यक्षमा निर्वाचित भएपछि मानवहादुर महत (नारायण) ले आफ्नो नेतृत्वमा सैनामैनामा पार्टीलाई सशक्त रुपमा अघि बढाउने प्रतिवद्धता जनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय