LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

विश्व ज्योतिष महासङ्घ लुम्बिनी प्रदेशको आयोजना तथा शनिदेव मन्दिर ज्योतिष विज्ञान अनुसन्धान केन्द्र कपिलवस्तुको संयोजनमा ज्योतिष शिविर सम्पन्न भएको छ ।

बुद्धभूमि नगरपालिका १ विरपुरस्थित शनिदेव मन्दिरको प्राङ्गणमा निःशुल्क ज्योतिष, हस्तरेखा, वास्तु शास्त्र र तन्त्र सम्बन्धी शिविर नेपालमै पहिलोपटक आयोजना गरिएको दावी गरिएको छ ।

शिविरमा विश्व ज्योतिष महासंघका लुम्बिनी प्रदेश सभापति जनार्दन न्यौपानेको नेतृत्वमा ज्योतिष मनोहर घिमिरे, हरि पाण्डे, वासुदेव मरासिनी, खेमराज भण्डारी, लक्ष्मीनारायण सुबेदी, शिवहरी मरासिनी, प्रकाश भट्टराई, हस्तरेखा एवं तन्त्रविद् खिम प्रसाद पोडेल, कुरेश पाण्डे लगायतले ज्योतिष बिज्ञानको महत्वबारे प्रकाश पार्नु भएको थियो ।

माघ २१ गतेदेखि २९ गतेसम्म आयोजना गर्न लागिएको नव दिवसीय नवग्रह अनुष्ठान तथा धान्यान्चल श्रीमद भागवत ज्ञान महायज्ञको पूर्व सन्ध्यामा आयोजित सो शिविरमा सो धामका प्रमुख संरक्षक पीठाधीश बाबा योगीराज, धामका अध्यक्ष पशुपति अर्याल लगायतले सबै क्षेत्र, वर्ग र समुदायलाई समेटेकोले सनातन धर्म रक्षा तथा संरक्षणमा ठूलो योगदान पु¥याउने बताउनुभयो ।
शिविरमा कपिलवस्तु र अर्घाखाँची जिल्लाबाट २०० सय भन्दा धेरै सेवाग्राहीले ज्योतिष शिविरबाट निःशुल्क लाभ लिएको ज्योतिष शिवहरी मरासिनीले बताउनु भयो । यसप्रकारको शिविर अन्य जिल्लामा पनि क्रमशः लागू गर्दै जाने निर्णय गरिएको उहाँले जानकारी गराउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय