LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको १५ औं महाधिवेशन २०८४ को चुनाव अगावै हुने दावी गर्नुभएको छ ।
शनिबार काठमाण्डांमा आयोजित एक कार्यक्रममा पार्टी कार्यकतालाई सम्बोधन गर्दै गगन थापाले ०८४ को स्थानीय तह र आम चुनाव पार्टीको नयाँ नेतृत्वले नै गराउने जिकिर गर्नुभयो । संविधानमै एउटा अधिवेशन र अर्को अधिवेशनको समय पाँच वर्षको व्यवस्था गरिएकोले ०८४ को चुनावअघि नै महाधिवेशन गर्नैपर्ने गगन थापाको भनाई छ ।
‘२०८४ को स्थानीय चुनाव, आम चुनावभन्दा अगाडि पार्टीको महाधिवेशन नगरिकन पाइँदै पाइँदैन । त्यो भन्दा पहिले पार्टीको अधिवेशन गर्नैपर्छ,’ महामन्त्री थापाले भन्नुभयो– ‘अधिवेशनबाट आएको नयाँ नेतृत्व हुन्छ । त्यो नयाँ नेतृत्वले नै चुनावको नेतृत्व गर्छ ।’
महामन्त्री थापाले महाधिवेशन कति छिटो गर्न सकिन्छ भन्ने बारेमा पार्टीभित्र छलफल भइरहेको पनि जानकारी दिनुभयो । समयमै गर्ने गरी आफूहरूले मिहिनेत गरिरहेको उहाँको भनाई छ ।
महामन्त्री थापाले केही नेताहरुको भनाइले अधिवेशन पछि जान्छ कि भन्ने लागेको भएपनि त्यसमा आशंका नगर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसले १४ औं महाधिवेशन २०७८ पुसमा सम्पन्न गरेको थियो । उक्त मितिले २०८३ भित्र १५ औं महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, केही साना दलसँग एकता गरेर अधिवेशन लम्ब्याउन सक्ने भन्दै कांग्रेस नेताहरू शशंकित छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय