LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधारको रुपमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउनु भएको छ । गुल्मीको मदाने गाउँपालिका वडा नं. ६ गुल्मीमा रहेको कङ्के देउराली जलासय र बृहत्तर खानेपानी आयोजनाको स्थलगत निरिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई शनिबार सम्वोधन गर्दैै मुख्यमन्त्री आचार्यले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने आधारको रुपमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउनु भएको हो । कङ्के देउराली जलासय र बृहत्तर खानेपानी आयोजना समग्र तीन जिल्लाको भाग्य भविस्य निर्धारण गर्ने महत्त्वपूर्ण हुने चर्चा गर्नुभयो ।
लुम्बिनी प्रदेश सरकारले प्रदेशको सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदालाई जोडेर पर्यटन सर्किट निर्माण गर्ने योजना प्रदेश सरकारले अघि सार्दै आएको उहाँले बताउनुभयो ।
प्रदेशभित्रका प्रमुख धार्मिक स्थल, पुरातात्विक क्षेत्र, पर्यटकीय गन्तव्य र जैविक विविधता सम्पन्न स्थानहरुलाई आपसमा जोडेर आकर्षक सर्किट निर्माण गरिने, यसबाट आन्तरिक तथा बाह्य पर्यटकलाई लामो समयसम्म प्रदेशमा बस्न प्रेरित गर्ने र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने मुख्यमन्त्री आचार्यले विश्वास व्यक्त गर्नु भयो ।
प्रदेश सरकारले दिगो पर्यटन प्रवद्र्धनमा ध्यान दिदै नीतिगत सुधार र लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेको मुख्यमन्त्री आचार्यले बताउनु भयो ।
मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवरको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा सदस्य सूर्य थापा, पूर्व सहरी विकास मन्त्री रामकुमारी झाक्री, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थि, रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, धुर्काेट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेल, ईश्मा गाउँपालिकाका अध्यक्ष भगत सिंह खड्का लगायतको बिशेष उपस्थिती थियो । अन्तरक्रिया तथा बैठकले कङ्के देउराली जलासय र बृहत्तर खानेपानी आयोजनालाई साझेदारी रुपमा अघि बढाउने निचोड निकालेको छ ।
कङ्के देउराली, जलसाय र बृहत्तर खानेपानी आयोजना नेपालकै राष्ट्रिय गौरवको महत्वपूर्ण र नमुना परियोजना हो । जसले स्थानीय, प्रादेशिक र राष्ट्रियस्तरको विकासमा ठूलो योगदान पु¥याउने अपेक्षा गरिएको छ । यो आयोजना आर्थिक र पर्यटकीय दृष्टिबाट महत्वपूर्ण छ । जसले मदानेको मात्रै नभएर छिमेकी जिल्लाहरु प्यूठान, अर्घाखाँची र वागलुङ्गलाई मात्रै नभई लुम्बिनी प्रदेश र समग्र नेपालको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय