LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

भौगोलिक रूपमा विकट बाग्लुङको पर्यटकीय क्षेत्र ढोरपाटन तराईसँग जोडिएको छ । एक दशक अगाडिसम्म गोरेटो बाटोमा पैदलयात्रा गर्ने पर्यटकलाई अहिले कच्ची सडकमा भए पनि गाडीको सुविधा छ ।

राष्ट्रिय प्राथमिकताको आयोजना ‘सालझण्डी–ढोरपाटन’ सडकले ढोरपाटन उपत्यका जोडिएको हो । रूपन्देहीको सालझण्डीदेखि ढोरपाटन जोडिएपछि अब विकट क्षेत्रमा समृद्धि आउने स्थानीयवासीमा अपेक्षा बढेको छ ।

२०६७ सालदेखि शुरू भएको सडक आयोजनाको काम सुस्त छ । तर ढोरपाटन तराईसँग सीधा जोडिएको छ । रूपन्देहीको सालझण्डीदेखि शुरू भएको सडकले पाल्पा, अर्घाखाँची, गुल्मी र बाग्लुङ गरी पाँच वटा जिल्लालाई छिचोल्दै ढोरपाटन जोडिएको हो ।
सालझण्डीदेखि ढोरपाटनसम्म एक सय ९७ किलोमिटर लामो रहेको सडक बाग्लुङमा मात्रै ६१ किलोमिटर पर्छ ।
बाग्लुङको निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकासँग जोडेको यो सडकले भारतीय पर्यटक भित्राउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

तराई र पहाडलाई जोडेको सालझण्डी–ढोरपाटन सडकले दुवै क्षेत्रमा उत्पादन हुने वस्तु बजारीकरण गर्न टेवा पुग्ने ढोरपाटन नगरपालिकाका उपमेयर धनबहादुर कायत (कल्याण) ले बताउनुभयो ।
ढोरपाटनमा वर्षेनि करोडौंको आलु र स्याउ उत्पादन हुने तर सडकको अवस्था खराब हुँदा बजार पु¥याउन समस्या हुँदै आएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय