LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

चितवन राष्ट्रिय निकुञ्जले पश्चिम सेक्टर (नवलपुर क्षेत्र) बाट गैँडा स्थानान्तरणको काम सुरु गरेको छ । पहिलो दिन पश्चिम सेक्टरमा रहेको कावासोती–१५ मा पर्ने गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनबाट अन्दाजी १५ वर्षको पोथी गैँडालाई निकुञ्जको पूर्वी सेक्टर पठाइएको हो ।

बिहान १० बजेदेखि स्थानान्तरणका लागि छ वटा हात्तीको सहयोगमा गैँडा खोज्ने व्रmममा साँझपख मात्रै सफल भएको थियो । १५ वर्षको पोथी गैँडालाई डार्ट गरेर ट्रकमा राखी पूर्वी सेक्टर पठाइएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिनुभयो ।
पश्चिम सेक्टरबाट प्रजननयोग्य गैँडा लगेर पूर्वी सेक्टरका गैँडासँग प्रजनन गराउनका लागि स्थानान्तरण गर्न लागिएको विभागका महानिर्देशक डा. कँडेलले बताउनुभयो ।
सन् २०२२ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको नेतृत्वमा गठित प्राविधिक कार्यदलले गरेको एक वर्ष लामो सम्भाव्यता अध्ययनले निकुञ्जको पश्चिम सेक्टरबाट १० वटा गैँडालाई स्थानान्तरण गरेर पूर्वी सेक्टरमा लैजाने सिफारिस गरेको थियो ।
वन तथा वातावरण मन्त्रालयले उक्त कार्यदलको सिफारिस अनुसार १० वटा गैँडालाई स्थानान्तरण गर्न स्वीकृति दिएपछि गत आर्थिक वर्षको चैत महिनामा पश्चिम सेक्टरबाट छ वटा गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय