LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

गौतमबुद्धको प्रवेशद्वारको रुपमा रहेको रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले ५७ औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरी मनाउने भएको छ । नगरपालिकाले माघ २२ गते स्थापना दिवस मनाउने भएको हो ।
वि.स २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायतको नामबाट हालको नगरपालिका स्थापना भएको थियो । तत्कालीन श्री ५ को सरकारद्वारा दश हजार सात जनसंख्या भएको क्षेत्रलाई २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायत नामले स्थापना गरेको विषय उक्त समयमा प्रकाशित राजपत्रमा उल्लेख छ ।
उक्त राजपत्रको नगरपालिकाको कार्यालयले खोज गरेको थियो । स्थापना दिनको प्रमाण स्वरुप अदालतमा प्रकाशित राजपत्र फेला परेपछि सोही राजपत्रको आधारमा कार्यालयले माघ २२ गते स्थापना दिवस मनाउन लागेको सिद्धार्थनगर नगरपलिकाका नगर प्रमुख ईस्तियाक अहमद खाँले जानकारी दिनुभयो ।
सिद्धार्थनगरले गत बर्षदेखि स्थपना दिवस मनाउन लागेको हो ।
उहाँका अनुसार दिवसको अवसरमा कार्यालयले विभिन्न संघसंस्था, नगरबासीहरुको सहभागितामा नगरमा प्रभातफेरी, शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको हो ।
कार्यक्रम माघ २२ गते बिहान १० बजे नगरपालिकाको कार्यालयमा जम्माभै बैंकरोड, देवकोटा चोक हुदै महेन्द्र सभागृहमा पुगेर शुभकामना आदान प्रदानमा परिणत हुने स्थापना दिवस कार्यक्रमका संयोजक एवं वडा नं २ का अध्यक्ष छेदिलाल श्रीवास्तवाले बताउनुभयो । स्थापना दिवसको दिन पालिकाले विद्यालय, स्वास्थ्य केन्द्र तथा पालिका र वडा कार्यलयमा बिदा समेत दिएको छ ।
स्थापनाको अवसरमा २१ र २२ गते साँझ दिप प्रजव्लन गर्ने र नगरवासिलाई समेत दिप प्रजव्लन गर्न नगरपालिकाले आग्रह गरेको उप प्रमुख उमा अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय