LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस एकताबद्ध भए बहुमत टाढा नरहेको बताउनुभएको छ ।
सभापति देउवाले बीपी, गणेशमान, किसुनजी, गिरिजाबाबु र सुशील कोइरालाजस्ता नेताहरुले हाम्रो काँधमा सुम्पिएको जिम्मेवारी पूरा गर्न पार्टीभित्र बृहत् एकता जरुरी रहेको बताउनुभयो ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सोमबारदेखि पोखरामा सुरु भएको पार्टीको प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै सभापति देउवाले जनताको सेवकका रुपमा नेताहरुले काम गर्न निर्देशन दिनुभयो ।
उहाँले नेपालको संविधान विश्वकै उत्कृष्ट भएतापनि संविधानको प्रयोगमा आएका केही कठिनाइलाई संशोधन गर्न आवश्यक भएको बताउनुभयो ।
सभापति देउवाले वर्तमान संविधानमा राखिएको सङ्घीय लोकतान्त्रिक व्यवस्था उच्चतम व्यवस्था भएको प्रस्ट पार्दै समावेशी र समानुपातिक प्रणालीले सबै नागरिकका अधिकारलाई समेटेको बताउनुभयो ।
उहाँले सबै जातजाति, भाषाभाषी मिलेर बसेको समाजलाई एकताबद्ध गराई लैजान वर्तमान संविधान सफल भएको भन्दै हाम्रो संविधानलाई अन्य मुलुकका देशहरुले पनि अनुकरण गर्न थालेको बताउनुभयो ।
सभापति देउवाले संविधानको प्रयोगमा आएका केही कठिनाइहरुलाई राजनीतिक दलहरुको सहमतिमा संशोधन गरी संविधानलाई संस्थागत गर्ने प्रक्रिया अगाडि बढेको बताउनुभयो ।
उहाँले सङ्घीयताका बारेमा बोल्नुहुँदै प्रदेशलाई थप अधिकार प्रदान गरी बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले काठमाडौं केन्द्रित विकासले देशको सर्वाङ्गीण विकास नहुने भएकाले पनि कांग्रेसले सुरुवातदेखि नै सङ्घीयताका पक्षमा बोल्दै आएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय