LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस एकताबद्ध भए बहुमत टाढा नरहेको बताउनुभएको छ ।
सभापति देउवाले बीपी, गणेशमान, किसुनजी, गिरिजाबाबु र सुशील कोइरालाजस्ता नेताहरुले हाम्रो काँधमा सुम्पिएको जिम्मेवारी पूरा गर्न पार्टीभित्र बृहत् एकता जरुरी रहेको बताउनुभयो ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सोमबारदेखि पोखरामा सुरु भएको पार्टीको प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै सभापति देउवाले जनताको सेवकका रुपमा नेताहरुले काम गर्न निर्देशन दिनुभयो ।
उहाँले नेपालको संविधान विश्वकै उत्कृष्ट भएतापनि संविधानको प्रयोगमा आएका केही कठिनाइलाई संशोधन गर्न आवश्यक भएको बताउनुभयो ।
सभापति देउवाले वर्तमान संविधानमा राखिएको सङ्घीय लोकतान्त्रिक व्यवस्था उच्चतम व्यवस्था भएको प्रस्ट पार्दै समावेशी र समानुपातिक प्रणालीले सबै नागरिकका अधिकारलाई समेटेको बताउनुभयो ।
उहाँले सबै जातजाति, भाषाभाषी मिलेर बसेको समाजलाई एकताबद्ध गराई लैजान वर्तमान संविधान सफल भएको भन्दै हाम्रो संविधानलाई अन्य मुलुकका देशहरुले पनि अनुकरण गर्न थालेको बताउनुभयो ।
सभापति देउवाले संविधानको प्रयोगमा आएका केही कठिनाइहरुलाई राजनीतिक दलहरुको सहमतिमा संशोधन गरी संविधानलाई संस्थागत गर्ने प्रक्रिया अगाडि बढेको बताउनुभयो ।
उहाँले सङ्घीयताका बारेमा बोल्नुहुँदै प्रदेशलाई थप अधिकार प्रदान गरी बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले काठमाडौं केन्द्रित विकासले देशको सर्वाङ्गीण विकास नहुने भएकाले पनि कांग्रेसले सुरुवातदेखि नै सङ्घीयताका पक्षमा बोल्दै आएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय