LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेपाली कांग्रेस प्रदेश सभा ख क्षेत्रीय कार्यसमिति पर्वतको आयोजनामा प्रथम क्षेत्रीय सम्मेलन मंगलवार हुने भएको छ ।
कार्यक्रमको प्रमुख आतिथ्यता नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गर्ने कार्यक्रम रहेको छ भने नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोविन्दबहादु्र साह र नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङको समेत क्षेत्रीय सम्मेलनमा विशेष आतिथ्यता रहने नेपाली कांग्रेस प्रदेश सभा ख क्षेत्रीय कार्यसमिति पर्वतले जनाएको छ ।
कार्यक्रम पैयु गाउँपालिका हातेमालो चोक पर्वतमा मंगलबार विहान १० बजे सुरु हुने नेपाली कांग्रेस प्रदेश सभा ख क्षेत्रीय कार्यसमिति पर्वतका सभापति परविन गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रममा उपस्थित हुन आयोजकले पर्वतका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुसंग आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय