LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको कञ्चन गाउँपालिकामा आयोजना गरिएको महापरित्राण सुत्र पाठ कार्यक्रममा बोल्ने वक्ताहरुले शान्ति र एकताका लागि बुद्धका सन्देश अनुसरण गर्न आग्रह गरेका छन ।
पाँच दिनसम्म भएको महापरित्राण सुत्र पाठ कार्यक्रमको समापन कार्यक्रममा बोल्दै कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगरले बौद्ध दर्शनले शान्ति र एकताको सन्देश दिएको बताउनुभयो ।
उहाँले गौतमबुद्धले दिएका उपदेशहरूलाई व्यवहारमा उतारेर अगाडि बढ्न आग्रह गर्दै मानिस भएर जन्म लिईसकेपछि विभिन्न सत्कार्यमा संलग्न भएर मानवहितमा काम गर्न आग्रह गर्नुभयो ।
उपाध्यक्ष थापा मगरले कञ्चन गाउँपालिकाले विभिन्न जातजाति र भाषा भाषीहरूलाई संरक्षण गर्दै अगाडि बढेको बताउँदै नालन्द बुद्ध विहार स्थापना गर्न गाउँपालिकाले सहकार्य र समन्वय गर्ने बताउनुभयो ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका उपाध्यक्ष थापा मगरले बौद्ध दर्शनलाई आत्मसात गर्नसके समुन्नत समाज निर्माण र शान्ति र एकताको सन्देश प्रवाह गर्न सकिने बिचार व्यक्त गर्नुभयो ।
नेपाल मगर बौद्ध सेवा समाजका केन्द्रीय अध्यक्ष क्या. देउबहादुर रानाले विश्वमा अहिंसाका घटना बृद्धि भैरहेको बेला बुद्धले दिनुभएको शान्तिको सन्देश प्रवाह गर्नुपर्ने खाँचो औंल्याउनुभयो ।
अन्तरधार्मिक सद्भाव संघ नेपालका का.वा. अध्यक्ष चन्द्रा थापाले बुद्धका सन्देश ग्रहण गरेर सत्मार्गमा लाग्न सवैसंग आग्रह गर्नुभयो । उहाँले बुद्धको शान्ति र अहिंसाको सन्देश धेरै महत्वपूर्ण भएको उल्लेख गर्दै समाजलाई सही दिशामा डो¥याउन पञ्चशीलको अनुसरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय