LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

रुपन्देहीको कञ्चन गाउँपालिकामा आयोजना गरिएको महापरित्राण सुत्र पाठ कार्यक्रममा बोल्ने वक्ताहरुले शान्ति र एकताका लागि बुद्धका सन्देश अनुसरण गर्न आग्रह गरेका छन ।
पाँच दिनसम्म भएको महापरित्राण सुत्र पाठ कार्यक्रमको समापन कार्यक्रममा बोल्दै कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगरले बौद्ध दर्शनले शान्ति र एकताको सन्देश दिएको बताउनुभयो ।
उहाँले गौतमबुद्धले दिएका उपदेशहरूलाई व्यवहारमा उतारेर अगाडि बढ्न आग्रह गर्दै मानिस भएर जन्म लिईसकेपछि विभिन्न सत्कार्यमा संलग्न भएर मानवहितमा काम गर्न आग्रह गर्नुभयो ।
उपाध्यक्ष थापा मगरले कञ्चन गाउँपालिकाले विभिन्न जातजाति र भाषा भाषीहरूलाई संरक्षण गर्दै अगाडि बढेको बताउँदै नालन्द बुद्ध विहार स्थापना गर्न गाउँपालिकाले सहकार्य र समन्वय गर्ने बताउनुभयो ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका उपाध्यक्ष थापा मगरले बौद्ध दर्शनलाई आत्मसात गर्नसके समुन्नत समाज निर्माण र शान्ति र एकताको सन्देश प्रवाह गर्न सकिने बिचार व्यक्त गर्नुभयो ।
नेपाल मगर बौद्ध सेवा समाजका केन्द्रीय अध्यक्ष क्या. देउबहादुर रानाले विश्वमा अहिंसाका घटना बृद्धि भैरहेको बेला बुद्धले दिनुभएको शान्तिको सन्देश प्रवाह गर्नुपर्ने खाँचो औंल्याउनुभयो ।
अन्तरधार्मिक सद्भाव संघ नेपालका का.वा. अध्यक्ष चन्द्रा थापाले बुद्धका सन्देश ग्रहण गरेर सत्मार्गमा लाग्न सवैसंग आग्रह गर्नुभयो । उहाँले बुद्धको शान्ति र अहिंसाको सन्देश धेरै महत्वपूर्ण भएको उल्लेख गर्दै समाजलाई सही दिशामा डो¥याउन पञ्चशीलको अनुसरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय