LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका स्थापना भएको ५७ वर्ष पुगेको छ । ५७ औं स्थापना दिवसका अवसरमा मंगलबार नगरपालिकाले भैरहवास्थित महेन्द्र सभागृहमा विशेष समारोह आयोजना गरी दिवस मनाएको छ । स्थापना दिवसको मूल समारोहमा बोल्ने वक्ताहरुले नगरपालिकालाई औद्योगिक एवं पर्यटकीय हवका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

जिल्ला समन्वय समिति सभापति उमाकान्त चपाईंले आर्थिक, सामाजिक र पर्यटकीय विकासमा नगरपालिकाले गरेका काम प्रशंसायोग्य रहेको बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाका प्रमुम खेलराज पाण्डेले आमनागरिकमा स्थानीय सरकारप्रति थप विश्वास बढीरहेकाले कार्यसम्पदान चुस्त हुनुपर्नेमा जोड दिनुभयो । सिद्धार्थनगर प्रमुख इश्तियाक अहम्मद खाँले स्वास्थ्य, शिक्षा, पर्यटन, उद्योग–व्यापार, वातावरण लगायतलाई आफूहरुले प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, प्राध्यापक डा.गितु गिरी, पूर्वनगर प्रमुखहरु हरिप्रसाद अधिकारी, सागरप्रताप राणा, नेकपा एमाले सिद्धार्थनगर अध्यक्ष चक्रबहादुर थापा, वडा नं. ६ का वडाध्यक्ष वीरेन्द्रनाथ श्रीवास्तव, ४ का वडाध्यक्ष मुक्तिनाथ यादव तथा २ नम्बरका अध्यक्ष छेदीलाल श्रीवास्तवले बोल्दै नगरको विकासमा सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा तीन पटक वा सो भन्दा बढीपटक वडाध्यक्षमा निर्वाचित पूर्व तथा वर्तमान वडाध्यक्षहरु भीमसेन कर्माचार्य, शेषकान्त भण्डारी, दीलिपकुमार यादव तथा पूर्वनगर प्रमुख, उपप्रमुखहरुलाई सम्मान गरिएको थियो ।
वि.सं. २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायतको नामबाट हालको नगरपालिका स्थापना भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय