LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका स्थापना भएको ५७ वर्ष पुगेको छ । ५७ औं स्थापना दिवसका अवसरमा मंगलबार नगरपालिकाले भैरहवास्थित महेन्द्र सभागृहमा विशेष समारोह आयोजना गरी दिवस मनाएको छ । स्थापना दिवसको मूल समारोहमा बोल्ने वक्ताहरुले नगरपालिकालाई औद्योगिक एवं पर्यटकीय हवका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

जिल्ला समन्वय समिति सभापति उमाकान्त चपाईंले आर्थिक, सामाजिक र पर्यटकीय विकासमा नगरपालिकाले गरेका काम प्रशंसायोग्य रहेको बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाका प्रमुम खेलराज पाण्डेले आमनागरिकमा स्थानीय सरकारप्रति थप विश्वास बढीरहेकाले कार्यसम्पदान चुस्त हुनुपर्नेमा जोड दिनुभयो । सिद्धार्थनगर प्रमुख इश्तियाक अहम्मद खाँले स्वास्थ्य, शिक्षा, पर्यटन, उद्योग–व्यापार, वातावरण लगायतलाई आफूहरुले प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, प्राध्यापक डा.गितु गिरी, पूर्वनगर प्रमुखहरु हरिप्रसाद अधिकारी, सागरप्रताप राणा, नेकपा एमाले सिद्धार्थनगर अध्यक्ष चक्रबहादुर थापा, वडा नं. ६ का वडाध्यक्ष वीरेन्द्रनाथ श्रीवास्तव, ४ का वडाध्यक्ष मुक्तिनाथ यादव तथा २ नम्बरका अध्यक्ष छेदीलाल श्रीवास्तवले बोल्दै नगरको विकासमा सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा तीन पटक वा सो भन्दा बढीपटक वडाध्यक्षमा निर्वाचित पूर्व तथा वर्तमान वडाध्यक्षहरु भीमसेन कर्माचार्य, शेषकान्त भण्डारी, दीलिपकुमार यादव तथा पूर्वनगर प्रमुख, उपप्रमुखहरुलाई सम्मान गरिएको थियो ।
वि.सं. २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायतको नामबाट हालको नगरपालिका स्थापना भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय