LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

ब्रिटिस एजुकेसन ग्रुप रुपन्देहीको व्यवस्थापनमा सञ्चालित ब्रिटिस ग्रामर स्कुल रुपन्देही (नमस्ते एकडेमीमा) नयाँ विद्यार्थीहरुको अक्षारम्भ सँगसँगै साहित्यिक महोत्सव सम्पन्न गरिएको छ ।
वरिष्ठ लेखक तथा साहित्यकार जँगबहादुर शाहको प्रमुख आतिथ्य रहेको कार्यक्रममा मोफसलका साहित्यिक व्यक्तित्वहरूले विद्यालयका साहित्य अनुरागी विद्यार्थीसँग अन्तरक्रिया र छलफल गरेको विद्यालयका प्राचार्य दिलबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
महोत्सवमा नेपाली साहित्यमा युवाको भूमिका, लेखककार बन्न आवश्यक कुरा तथा कर्महरु, आर्ट अफ स्टोरी टेलिङ्गको महत्व र शैली, कविता वाचन, कला शीर्षकमा साहित्यकार र विद्यार्थीबिच परिचर्चा कार्यक्रम गरिएको व्यवस्थापक उमेश कँडेलले जानकारी दिनुभयो ।
नमस्ते एकेडेमीका कक्षा १० मा अध्ययनरत विद्यार्थी प्रशान्त चौधरी, कक्षा ७ का विद्यार्थी समशीतोष्ण अर्याल र प्राइमरी तहका ३२ जना विद्यार्थीको संयुक्त पुस्तकको विमोचन र उक्त पुस्तकहरुको समीक्षा समेत महोत्सवमा गरिएको छ ।
कार्यक्रममा लेखक र बाल साहित्यकारका बिच अन्तरक्रिया गरि छलफल चलाइएको कार्यक्रममा अभिभावकहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो । साहित्यिक महोत्सवमा विद्यार्थीका रुचि र स्तर अनुसारका पुस्तक प्रदर्शनी गरिएको संस्थापक प्राचार्य राजेन्द्र कुँवरले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय