LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा १ विरपुरमा नव दिवसिय अनुष्ठान तथा श्रीमद्भागवत ताण्डुलाञ्चल एवम् धनधान्याञ्चल ज्ञानयज्ञ सोमबारदेखि सुरु भएको छ । श्री शनिदेव मन्दिर एवम् ज्योतिष अनुसन्धान केन्द्र बुद्धभूमि १ विरपुरको आयोजनामा सुरु भएको ज्ञानयज्ञ नौ दिनसम्म चल्ने छ ।

सोमबार महासंकल्पपछि ९ दिनसम्म नै पण्डितले अनुष्ठानको कार्य गर्नु हुने भएको छ । ज्ञानयज्ञको अवसरमा सोमबार बिहान १० बजेर २४ मिनेटमा सूर्य मन्दिर शिलन्यास गरिने कार्यक्रम सम्पन्न भएको छ । यसैगरी महासंकल्प तथा हवन कार्यक्रम १० बजेर ४० मिनेटबाट सुरु हुने गरेको छ ।

राति ८ बजेदेखि १० बजेसम्म भजनकृतन कार्यक्रम भैरहेको आयोजकले जनाएको छ । यज्ञमा प्रत्येक दिन अन्तराष्ट्रिय कथा वाचक आचार्य विष्णुप्रसाद ज्ञवालीबाट श्रीमद्भागवत तथा कथा प्रवचन भैरहेको छ । ज्ञानयज्ञ माघ २९ गते समापन हुने यज्ञ सम्पादन मुल समितिका संयोजक इश्वरी प्रसाद पौडेलको साझा टिभिलाई जानकारी गराउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय