LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना व्यापार संघ रुपन्देहीको आठौं साधारण सभा बुधबार सम्पन्न भएको छ । त्यसअघि साधारण सभाको एक समारोहका बीच बुधबार उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले संगठनको हकहितका साथसाथै मुलुक निर्माणमा समेत उद्योगी व्यवसायीले योगदान दिन आग्रह गर्नुभयो । उहाँले आठौं साधारण सभा सम्पन्न भैरहँदा अर्को बर्ष हुने नवौं साधारण सभाले नयाँ योजनाहरु र नयाँ नीतिहरु लिएर आउने छ भन्ने शुभकामना दिनुभयो ।

कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्दै सैनामैना नगरपालिकाका प्रथम नगर प्रमुख चित्रबहादुर कार्कीले अत्यन्त सहजरुपमा व्यवसाय नविकरण गर्ने वातावरण वनाउने गरि व्यवसायीको मन जित्ने काम गर्न व्यापार संघसंग आग्रह गर्नुभयो । उहाँले व्यवसायीहरुको धैरै खालको समस्याहरु रहेकोले ती व्यवसायीका समस्यालाई मसिनो ढंगले बुझेर सम्वन्धित स्थानमा व्यवसायीका मुद्दाहरु पु¥याउने र समाधान गर्ने सफलता मिलोस भन्ने शुभकामना दिनुभयो ।

सैनामैना व्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारी, सैनामैना उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष लोकनाथ अधिकारी, सैनामैना व्यापार संघका पूर्व अध्यक्ष जीवनाथ पाण्डे, तिलोत्तमा व्यापार संघका अध्यक्ष नेत्र न्यौपाने, लुम्बिनी प्रदेश चेम्बरका महासचिव शिव ज्ञवाली लगायतले बोल्नुभएको थियो ।
संघका अध्यक्ष सुरेन्द्र पौडेलले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संघका उपमहासचिव गोविन्द पोखरेलले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
बार्षिक साधारण सभाको अवसरमा संचार क्षेत्रबाट योगदान पु¥याएको भन्दै साझा टेलिभिजन एचडीका प्रवन्ध निर्देशक भुवन जिसी र रेडियो टाईम्सका प्रवन्ध निर्देशक नरेश चौधरीलाई सम्मानसहित पुरस्कृत गरिएको थियो । त्यसैगरी खेल क्षेत्रबाट योगदान पु¥याएको भन्दै कृष्ण श्रेष्ठ (काले कृष्ण) लाई पनि सम्मान गरिएको थियो ।
त्यसैगरि कोषाध्यक्षको प्रतिवेदन पुष्पा आचार्यले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष देवीदत्त सुबेदीले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय