LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्को बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न खोज्ने प्रतिरोध गर्ने चेतावनी दिनुभएको छ ।
प्रतिनिधिसभाको बिहिबारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशलाई डुबाउने खेलमा सत्तापक्षका नेताहरु लागेको आरोप लगाउँदै त्यस्तो भएमा आफूहरुले प्रतिरोध गर्ने दावी गर्नुभयो ।

प्रचण्डले भन्नुभयो– ‘अझैपनि गठबन्धनका साथीहरू माओवादीबाट सत्ताको खेल तलमाथि होला कि भनेर डराइरहेको भन्दै देख्छु । सम्मानित संसदमै म फेरि एक पटक दोह¥याउँछु, हामी अब सत्ताको खेलमा छैनौँ । तपाईँहरू देखिरहनुभएको छ, हामी त जनतातिर फर्किसक्यौँ । शहीदका सपना र सङ्कल्पतिर फर्किसक्यौँ’ ।

अध्यक्ष प्रचण्डले सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबीच विश्वास डगमगाएको दावी गर्दै त्यस्तो होइन भने दिनदिनै म यति महिनापछि छाड्छु भनिरहनुपर्छ र ? भन्ने प्रश्न गर्नुभयो ।
उहाँले अब विपक्षीको डरले एक अर्काको कुर्सी मिलाउन नलाग्न पनि आग्रह गर्नुभयो ।

उहाँले ०८४ पछि माओवादीले सरकार बनाउने दावी गर्दै अरुको बैशाखीमा होइन अब आफ्नै सामथ्र्यमा सरकार बनाउने दाबी गर्नुभयो ।
प्रचण्डले भन्नुभयो – सरकारको खेलमा हामी छैनौँ तर, अहिले जसरी नै संसद्को बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न हिँडिरहनुभयो भने हामी प्रतिरोध गर्छौँ ।’ ‘प्रचण्ड’ ले सरकारले निरंकुश सोचका साथ सामाजिक सञ्जाल विधेयक ल्याएको बताउँदै राजनीतिक प्रतिशोध र त्यसका लागि राज्यको दुरुपयोग सामान्य हुन थालेको छ भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय