LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाललाई आइटी हब बनाउन आवश्यक नीति, कानुन र पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा आयोजना भएको ‘क्यान इन्फोटेक’ को ३० औं संस्करणको उदघाटन कार्यक्रममा बोल्नुहुँदै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।
उहाँले नेपाललाई आइटी हबको रूपमा विकास गर्न आवश्यक नीति, कानुन र पूर्वाधार निर्माणका लागि सहजीकरण गर्न मन्त्रालय तयार रहेको जानकारी दिनुभयो ।
उहाँले सरकार र निजी क्षेत्रको सहकार्यमा नेपाललाई आइटी हबको रूपमा विकास गरी विश्वलाई चिनाउनु पर्नेमा जोड दिनुभयो ।
सञ्चारमन्त्री गुरुङले भन्नुभयो– ‘‘आइटी क्षेत्र भर्खर सुरु गरेका छौं । आइटी क्षेत्रलाई आइटी हबका रूपमा विकास गर्न आवश्यक नीति, कानुन र पूर्वाधार निर्माणका लागि सहजीकरण गर्न मन्त्रालय तयार छ ।
सञ्चारमन्त्री गुरुङले आइटी क्षेत्रबाट यो वर्ष गत वर्षभन्दा धेरै राजस्व सङ्कलन हुने विश्वास रहेको बताउनुभयो । उहाँले सरकारले ल्याएको अध्यादेश प्रभावले राजस्व बढाउन सक्ने उल्लेख गर्नुभयो । उहाँले नेपालमा पर्यटनभन्दा आइटी क्षेत्रको योगदान बढी हुने अवस्था रहेको बताउनुभयो ।
सञ्चारमन्त्री गुरुङले भन्नुभयो– ‘‘काम गर्ने वातावरण सरकारले बनायो भने वैज्ञानिक खोज्न नासामा जानु पर्दैन । मुलुकभित्रै उत्पादन हुने रहेछ । सरकारले त्यो काम गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय