LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

फोनकल बाइपास गरेको आरोपमा रुपन्देहीबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासीको प्रतापपुर गाउँपालिका ८ नोडिहवाका २७ वर्षीय रोहित अहिर छन् ।
रुपन्देही सिद्धार्थनगरस्थित गुलाबचन्द गुप्ताको घरमा कोठा भाडामा लिएर विभिन्न उपकरण जोडेर कल बाइपास गर्ने गरेको आरोप प्रहरीले उनीमाथि लगाएको छ । उनको साथबाट स्पोइलर कम्पनी हब ९ थान, इन्टेलकोर आई ५, कम्पनीको सीपीयू ४ थान, मोडेम १६७ थान, एन्टेनासहितको हब २ थान, नेपाल टेलिकमको सिम १९० थान, एनसेल सिम २७० थान बरामद गरिएको प्रहरीको भनाइ छ ।
त्यस्तै उनको साथबाट एउटा एलसीडी मोनिटर, एउटा ल्यापटप, ५ वटा मोबाइलसहित इन्टरनेटको राउटर, स्विच, नेटवर्क भिडियो रेकर्डर र हब केबल लगायत सामग्री पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । पक्राउ परेका अहिरमाथि कल बाइपास कसूरमा रुपन्देही जिल्ला अदालतबाट ७ दिन म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय