LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

रुपन्देहीको सैनामैना नगरपालिका ६ कलौनीमा शुक्रबारदेखि सैनामैना दुधराक्ष कप क्लवस्तरीय राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ ।
दुधराक्ष युवा क्लवको आयोजनामा फागुन ३ गतेसम्म हुने प्रतियोगिताको उदघाटन शुक्रबार लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले गर्नुभयो ।
त्यस अवसरमा बोल्दै मन्त्री ढकालले विषम आर्थिक परिस्थितिमा पनि दुधराक्ष युवा क्लवले जसरी राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको छ, यसले खेलको साथै खेलाडीको विकासमा समेत महत्वपूर्ण टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले भलिबल खेलबाट खेलाडी उत्पादनका साथै खेलाडीलाई खेल खेल्ने अवसर प्रदान गर्ने मात्रै नभै अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको नाम चिनाउन भलिबल खेलले योगदान पु¥याउने उल्लेख गर्नुभयो ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले खेलकुदले भाईचारको सम्बन्ध बलियो बनाउन सहयोग पु¥याउने गरेको बताउँदै हारजीतलाई पनि सहजै स्वीकार गर्नसक्ने क्षमताको विकास गराउने बताउनुभयो । उहाँले खेल क्षेत्रमा हुने गतिविधिले युवाहरुलाई अरु गलत कृयाकलापमा लाग्न नदिने मार्गदर्शन गर्ने उल्लेख गर्नुभयो । खेलकुदकै माध्यमबाट देशलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सकिने उल्लेख गर्नुभयो ।

दुधराक्ष युवा क्लवका अध्यक्ष किरण पोखरेलले शुक्रबारको प्रतियोगिता अत्यन्त सभ्य तरिकाले सम्पन्न भएको बताउँदै भोलीका दिनमा पनि हुने राष्ट्रिय स्तरको भलिबल खेल अवलोकन गर्न सवै खेलप्रेमीहरुसंग आग्रह गर्नुभयो ।

शुक्रबार मणिमुकुन्द भलिबल क्लव र कोशी प्रदेशबीच उदघाटन खेल भएको थियो । प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लवले कोही प्रदेशलाई ३– ० को सोझो सेटमा पराजित गरेको छ ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, नेपाल एपिएफ क्लव,गण्डकी प्रदेश भलिबल संघ, कोशी प्रदेश भलिवल संघ, गल्कोट भलिवल क्लव र मणिमुकुन्द भलिवल क्लव बुटवलको सहभागिता रहेको छ ।
प्रतियोगिताको ट्रफी विहिवार आयोजित पत्रकार सम्मेलनका अवसरमा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्मा र उपप्रमुख विना रानाले सार्वजनिक गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय