LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना नगरपालिका ६ कलौनीमा शुक्रबारदेखि सैनामैना दुधराक्ष कप क्लवस्तरीय राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ ।
दुधराक्ष युवा क्लवको आयोजनामा फागुन ३ गतेसम्म हुने प्रतियोगिताको उदघाटन शुक्रबार लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले गर्नुभयो ।
त्यस अवसरमा बोल्दै मन्त्री ढकालले विषम आर्थिक परिस्थितिमा पनि दुधराक्ष युवा क्लवले जसरी राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको छ, यसले खेलको साथै खेलाडीको विकासमा समेत महत्वपूर्ण टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले भलिबल खेलबाट खेलाडी उत्पादनका साथै खेलाडीलाई खेल खेल्ने अवसर प्रदान गर्ने मात्रै नभै अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको नाम चिनाउन भलिबल खेलले योगदान पु¥याउने उल्लेख गर्नुभयो ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले खेलकुदले भाईचारको सम्बन्ध बलियो बनाउन सहयोग पु¥याउने गरेको बताउँदै हारजीतलाई पनि सहजै स्वीकार गर्नसक्ने क्षमताको विकास गराउने बताउनुभयो । उहाँले खेल क्षेत्रमा हुने गतिविधिले युवाहरुलाई अरु गलत कृयाकलापमा लाग्न नदिने मार्गदर्शन गर्ने उल्लेख गर्नुभयो । खेलकुदकै माध्यमबाट देशलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सकिने उल्लेख गर्नुभयो ।

दुधराक्ष युवा क्लवका अध्यक्ष किरण पोखरेलले शुक्रबारको प्रतियोगिता अत्यन्त सभ्य तरिकाले सम्पन्न भएको बताउँदै भोलीका दिनमा पनि हुने राष्ट्रिय स्तरको भलिबल खेल अवलोकन गर्न सवै खेलप्रेमीहरुसंग आग्रह गर्नुभयो ।

शुक्रबार मणिमुकुन्द भलिबल क्लव र कोशी प्रदेशबीच उदघाटन खेल भएको थियो । प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लवले कोही प्रदेशलाई ३– ० को सोझो सेटमा पराजित गरेको छ ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, नेपाल एपिएफ क्लव,गण्डकी प्रदेश भलिबल संघ, कोशी प्रदेश भलिवल संघ, गल्कोट भलिवल क्लव र मणिमुकुन्द भलिवल क्लव बुटवलको सहभागिता रहेको छ ।
प्रतियोगिताको ट्रफी विहिवार आयोजित पत्रकार सम्मेलनका अवसरमा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्मा र उपप्रमुख विना रानाले सार्वजनिक गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय