LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको सरकारलाई तीन वर्ष सहज ढंगले चल्न दिनुपर्ने बताउनु भएको छ । शनिबार काठमाडौँमा अर्घाखाँची–काठमाडौं सम्पर्क समितिको प्रथम अधिवेशनमा बोल्दै महामन्त्री थापाले तीन वर्षसम्म अहिलेको सरकारलाई चल्न दिनुपर्ने र यस अवधिको सम्पूर्ण जिम्मेवारी कांग्रेस र एमालेले लिनुपर्ने बताउनुभयो ।

उहाँले यसअघि चलेका संयुक्त सरकारले गरेका कामको जिम्मेवारी कसैले लिन नखोज्दा जनतामा अन्यौता देखिएको धारणा समेत राख्नुभयो । सरकारमा रहँदा राम्रो भन्ने र त्यसबाट बाहिर निस्कँदा आफै संलग्न रहेको सरकारले गरेका कामलाई नराम्रो भन्ने प्रवृतिको अन्त्य हुनुपर्ने उहाँको भनाइ छ ।

महामन्त्री थापाले पटक–पटक गठबन्धनको सरकार बन्ने र सरकारले गरेका कामको जिम्मा नलिने कुरालाई तोड्न सक्नुपर्ने उल्लेख गर्नुभयो । अबको तीन बर्षमा देखिने गरि काम गर्ने र त्यसलाई लिएर ८४ को निर्वाचनमा जनतामाझ जाने अवस्था सिर्जना गर्न सक्नुपर्ने उहाँको भनाई छ ।

महामन्त्री थापाले संघीयताका बिषयमा बेठिक कुरा हुने गरेको भन्दै अहिले समस्या प्रदेशमा नभई संघमा देखिएको जिकिर गर्नुभयो । तीन तहको सरकारले एक–अर्काको अधिकार खोस्ने काम गर्न नहुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय