LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

पर्यटकीय राजधानी घोषण भएको एक वर्ष पुग्दै लाग्दा पोखरामा २० लाख पर्यटक भित्राउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष मनाउने तयारी भएको छ । सरकारले गत वर्ष चैत ४ गते पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेको थियो । पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा फाल्गुन ३ गते गरिने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो ।

पोखरा भ्रमण वर्षमा स्वदेशी तथा विदेशी गरी २० लाख पर्यटक भित्राउने लक्ष्य राखिएको उहाँको भनाइ छ । ‘भ्रमण वर्ष भरी नै पोखराको प्रवद्र्धन गर्ने कार्यक्रमहरू सञ्चालन गरिने छ,’ उहाँले भन्नुभयो–‘विदेशमा पोखराको प्रवद्र्धन गर्ने गरी सद्भावना दूतसमेत घोषणा गर्ने योजना पोखरा महानगरपालिकाले बनाएको छ ।’

घोषणा कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउन नगर प्रमुख आचार्यको संयोजकत्वमा १ हजार ५१ सदस्यीय मुल आयोजक समिति, प्रमुख आचार्यकै नेतृत्वमा ५१ सदस्यीय एक निर्देशक समिति र अर्को १५ सदस्यीय कार्य सम्पादन समितिसमेत गठान गरिएको छ ।
घोषणा सभामा तीनवटै सरकारको सहभागिता हुने आचार्यले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय