LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

इलाका प्रहरी कार्यालय बुटवलले लामो समयदेखि मोटरसाईकल चोरीमा संलग्न गिरोहलाई पक्राउ गरेको छ ।
बुटवल र रुपन्देहीका विभिन्न गाउँबाट मोटरसाइकल चोरी गर्ने गिरोहको ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट ६ थान चोरी भइका मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा रुपन्देही सैनामैना नगरपालिका वडा नं. ५ का १८ वर्षिय राजु थारु, सोही स्थानका १९ वर्षिय अमित भन्ने जंगबहादुर थारु, २० वर्षिय सुदिप थारु, वडा नम्बर ४ का १९ वर्षिय गणेश थारु, १८ वर्षिय निम बहादुर थारु, १९ वर्षिय बिक्की नाउ र १८ वर्षिय बिनोद हरिजन रहेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक बिजय पण्डितले बुटवल उपमहानगर, सैनामैना नगरपालिका, तिलोत्तमा नगरपालिका लगायत जिल्लाका विभिन्न स्थानहरुबाट मोटरसाईकल र स्कुटरहरु चोरी भएको भन्दै जनगुनासो बढेपछि प्रहरीले खोजतलासका लागि टोली खटाएको बताउनुभयो ।

उहाँले इलाका प्रहरी कार्यालय बुटवल, वडा प्रहरी कार्यालय बुटवल रामनगर र इलाका प्रहरी कार्यालय रन्यौरा (मुर्गिया) बाट चोरी भएका सवारी साधनहरु र चोरी गर्ने व्यक्तिहरुलाई खोजतलासको लागि संयुक्त प्रहरी टोली खटाइएकोमा चोरीमा संलग्न ७ जनालाई पक्राउ गरेको र उनीहरुबाट चोरी भएका ६ थान मोटरसाईकल बरामद भएको जानकारी दिनुभयो ।
साथै पक्राउ परेकाहरुलाई रुपन्देही जिल्ला अदालतबाट म्यादथप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
उता जिल्ला प्रहरी कार्यालय रुपन्देहीको तथ्यांक अनुसार पछिल्लो साढे ६ महिनाको अवधिमा जिल्लाबाट मात्रै २ सय ६९ वटा मोटरसाइकल चोरी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय