LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

माइती नेपाल आवधिक गृह भैरहवाले एक वर्षको अवधिमा १ सय ८८ जनाको उद्धार गरेको छ । माइती नेपाल भैरहवाले सन् २०२४ मा १ सय ८८ जना महिला र बालबालिकालाई उद्धार गरेको हो । शुक्रबार भैरहवामा वार्षिक कार्यप्रगति सार्वजनिक गर्दै माइती नेपाल भैरहवाका प्रमुख माया क्षेत्रीले भारतका विभिन्न स्थानबाट १३ जनाको उद्धार गरिएको जानकारी दिनुभयो ।

सीमा नाकाबाट उद्धार गरिएकामध्ये ३३ जना रुपन्देही जिल्लाका छन् । जसमा सिद्धार्थनगर नगरपालिकाका ३, तिलोत्तमा नगरपालिकाका ४, बुटवल उपमहानगरपालिकाका ४, सैनामैना नगरपालिका ६, ओमसतिया गाउँपालिका र देवदह नगरपालिकाका ३÷३, सम्मरीमाई, रोहिणी र कञ्चन गाउँपालिकाका २ र २ जना छन् ।

माइती नेपालले बेलहिया नाकामा राखिएको परामर्श केन्द्रबाट ६ हजार ४५ र जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा रहेको परामर्श केन्द्रबाट १ हजार ९० जनालाई परामर्श दिएको छ ।
दलालहरूले विभिन्न खालका लोभलालच र प्रलोभन देखाएर महिला र बालबालिकालाई लैजाँदै गर्दा, इलाका प्रहरी कार्यालय बेलहियाको सहयोग र समन्वयमा उनीहरूलाई रोक्न र परिवारसँग सम्पर्क गराउने काम भइरहेको प्रमुख क्षेत्रीले बताउनुभयो ।

माइती नेपालले भारतमा पनि आफ्नो कार्यालय स्थापना गरेको छ । भारतमा रहेको कार्यालयमार्फत पनि त्यहाँका प्रहरी प्रशासनसँग समन्वय गर्दै देह व्यापार केन्द्रमा अनुगमन गरी महिला तथा बालबालिकालाई उद्धार गर्दै आएको छ ।
अधिकांश महिला तथा बालबालिका आफ्नै आफन्त र चिनेजानेकाबाट बेचबिखनमा पर्ने गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय