LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको कञ्चन गाउँपालिका वडा १ दानापुरमा रहेको दानापुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा शुन्य पÞmोहोर अभियान सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
दोस्रो चरणको अभियान अन्तरगत सफा पानी पिउँ निरोगी बनौ भने मुल नारा सहित भएको सचेतना अभियानको सहयोगी संस्थाको रुपमा खानेपानी तथा सरसफाइ कार्यालय योगिकुटी बुटवल र श्री मन्दिर आमा समूह कन्चन रहेको थियो ।

कार्यक्रमको अध्यक्षता दानपुर खानेपानीका अध्यक्ष नेत्र श्रीस र कार्यक्रमको प्रमुख आतिथ्यता कञ्चन गाउँपालिका वडा १ का वडा सदस्य लेखा राहादीले गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य खानेपानीका लेखा संयोजक ओम तरामीले गर्नुभएको थियो । सोही अवसरमा स्थानीय उपभोक्तालाई डस्बिन वितरण गरिएको थियो । डस्बिन बितरण पछि टोलमा सरसफाई भए नभएको समिति बनाई अनुगमन गरिने बताइएको छ ।

सोही अवसरमा इन्द्रकमल आमा समूहकी अध्यक्ष दिलसरा पुन र नमुना युवा क्लबका अध्यक्ष धनबहादुर तरामु र कुचेरा टोलको संयोजक दिलाराम थापाले मन्तब्य ब्यक्त गर्नुभएको थियो भने कार्यक्रमको संचालन दानापुर खानेपानीका सचिव राजेन्द्रप्रसाद घर्ती मगरले गर्नुभएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय