LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको कञ्चन गाउँपालिका वडा १ दानापुरमा रहेको दानापुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा शुन्य पÞmोहोर अभियान सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
दोस्रो चरणको अभियान अन्तरगत सफा पानी पिउँ निरोगी बनौ भने मुल नारा सहित भएको सचेतना अभियानको सहयोगी संस्थाको रुपमा खानेपानी तथा सरसफाइ कार्यालय योगिकुटी बुटवल र श्री मन्दिर आमा समूह कन्चन रहेको थियो ।

कार्यक्रमको अध्यक्षता दानपुर खानेपानीका अध्यक्ष नेत्र श्रीस र कार्यक्रमको प्रमुख आतिथ्यता कञ्चन गाउँपालिका वडा १ का वडा सदस्य लेखा राहादीले गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य खानेपानीका लेखा संयोजक ओम तरामीले गर्नुभएको थियो । सोही अवसरमा स्थानीय उपभोक्तालाई डस्बिन वितरण गरिएको थियो । डस्बिन बितरण पछि टोलमा सरसफाई भए नभएको समिति बनाई अनुगमन गरिने बताइएको छ ।

सोही अवसरमा इन्द्रकमल आमा समूहकी अध्यक्ष दिलसरा पुन र नमुना युवा क्लबका अध्यक्ष धनबहादुर तरामु र कुचेरा टोलको संयोजक दिलाराम थापाले मन्तब्य ब्यक्त गर्नुभएको थियो भने कार्यक्रमको संचालन दानापुर खानेपानीका सचिव राजेन्द्रप्रसाद घर्ती मगरले गर्नुभएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय