रुपन्देहीको सैनामैनामा जारी दुधराक्ष कप क्लबस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन शनिवार एक खेल सम्पन्न भएको छ । शनिवार भएको खेलमा गल्कोट भलिबल क्लबलाई ३–१ को सोझो सेटमा पराजित गर्दै मणिमुकुन्द भलिबल क्लब विजयी भएको हो ।
सैनामैना ६ कलौनी चोकस्थित वडा कार्यालयको मैदानमा भएको खेलमा मणिमुकुन्दलाई गल्कोटले पहिलो सेटमा २६–२८ ,मणिमुकुन्दले गल्कोटलाई दोस्रो सेटमा २५–२०,तेस्रो सेटमा २५–२१ र चौथो सेटमा २५–२२ ले हरायो ।गल्कोटले पहिलो सेट जितेपनि बाँकी सेटमा खुम्चिनु प¥यो ।



यस्तै आईतबार दुई खेल हुनेछ्न । जसमा पहिलो खेल एपिएफ क्लब र नेपाल पुलिस र दोस्रो खेलमा गल्कोट र कोशी बीच हुने क्लबका अध्यक्ष किरण पोख्रेलले जानकारी दिनुभयो ।
प्रतियोगिता फागुन ३ गतेसम्म चल्ने छ । बिजेताले ५ लाख ५५ हजार ५ सय ५५ सिल्ड मेडल र प्रमाणपत्र, उपविजेताले ३ लाख ३३ हजार ३ सय ३३, तृतीय स्थान हासिल गर्ने टोलीले १ लाख ११ हजार १ सय ११ रुपैँया, मेडल र प्रमाण–पत्र तथा सान्त्वना हुने टोलीले ५५ हजार ५ सय ५५ रुपैँया, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, नेपाल एपिएफ क्लव,गण्डकी प्रदेश भलिबल संघ, कोशी प्रदेश भलिवल संघ, गल्कोट भलिवल क्लव र मणिमुकुन्द भलिवल क्लव बुटवलको सहभागिता रहेको छ ।




