LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैनामा जारी दुधराक्ष कप क्लबस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन शनिवार एक खेल सम्पन्न भएको छ । शनिवार भएको खेलमा गल्कोट भलिबल क्लबलाई ३–१ को सोझो सेटमा पराजित गर्दै मणिमुकुन्द भलिबल क्लब विजयी भएको हो ।

सैनामैना ६ कलौनी चोकस्थित वडा कार्यालयको मैदानमा भएको खेलमा मणिमुकुन्दलाई गल्कोटले पहिलो सेटमा २६–२८ ,मणिमुकुन्दले गल्कोटलाई दोस्रो सेटमा २५–२०,तेस्रो सेटमा २५–२१ र चौथो सेटमा २५–२२ ले हरायो ।गल्कोटले पहिलो सेट जितेपनि बाँकी सेटमा खुम्चिनु प¥यो ।

यस्तै आईतबार दुई खेल हुनेछ्न । जसमा पहिलो खेल एपिएफ क्लब र नेपाल पुलिस र दोस्रो खेलमा गल्कोट र कोशी बीच हुने क्लबका अध्यक्ष किरण पोख्रेलले जानकारी दिनुभयो ।

प्रतियोगिता फागुन ३ गतेसम्म चल्ने छ । बिजेताले ५ लाख ५५ हजार ५ सय ५५ सिल्ड मेडल र प्रमाणपत्र, उपविजेताले ३ लाख ३३ हजार ३ सय ३३, तृतीय स्थान हासिल गर्ने टोलीले १ लाख ११ हजार १ सय ११ रुपैँया, मेडल र प्रमाण–पत्र तथा सान्त्वना हुने टोलीले ५५ हजार ५ सय ५५ रुपैँया, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, नेपाल एपिएफ क्लव,गण्डकी प्रदेश भलिबल संघ, कोशी प्रदेश भलिवल संघ, गल्कोट भलिवल क्लव र मणिमुकुन्द भलिवल क्लव बुटवलको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय