LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सल्यानको श्रीनगरमा चलिरहेको महोत्सव स्थलमा आगलागी हुँदा ८० वटा स्टल जलेका छन् । गएराति ११ बजेतिर शुरु भएको आगलागीमा महोत्सव स्थलमा राखिएका एक सय ३८ स्टलमध्ये ८० स्टल जलेका हुन् । भन्डै १० करोड रुपैयाँको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा सल्यानको आयोजनामा यही माघ १८ गते देखि महोत्सव सञ्चालन भइरहेको थियो । सुख्खायामसँगै पछिल्लो समय देशभर आगलागी र डढेलोका घटना बढेका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अस्ति बिहानदेखि हिजो बिहानसम्ममा देशभरका १४ ठाउँमा आगलागी हुँदा १८ लाख रुपैयाँ भन्दा धेरैको क्षति भएको थियो । यस्तै गएको पुष १ गतेपछि काठमाण्डौमा मात्रै आगलागीका ३४ वटा घटना भएका जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।
हिजो सिंहदरबारमा रहेको खानेपानी मन्त्रीकै कार्यकक्षमासमेत आगलागी भयो । जिल्ला प्रहरी परिसरले सूचना निकालेर आगलागीबाट जोगिन र ध्यान दिन सबैमा अनुरोध गरेको छ । प्रहरीले घरमा आगो लागिहालेमा प्रहरी वा अरू निकायलाई जानकारी दिन र सकेसम्म चाँडो घरमा रहेका मानिस बाहिर निस्कन भनेको छ ।
यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि आगलागीका घटना बढेका भन्दै सचेत रहन आग्रह गरेको छ । प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले आफू सचेत हुँदा धेरै रोकिन सक्ने भन्दै सावधानी अपनाउनुपर्ने बताउनुभयो । धेरैजसो आगलागी मानवसिर्जित रहेकाले पनि समयमा सबै सचेत हुनुपर्नेमा उहाँको जोड छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय