LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

रुपन्देहीको कञ्चनमा शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि भन्दै अन्तरकृया तथा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यालय रुद्रपुरको आयोजनामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले सुरक्षा प्रशासनको गुणस्तरीय सेवाका लागि ईलाका प्रहरी कार्यालय रुद्रपुरलाई जनशक्ती र श्रोत साधनले पुर्ण बनाउन आवस्यक रहेको बिचार व्यक्त गरेका छन ।
कार्यक्रममा कञ्चनका जनप्रतिनिधि, विभिन्न राजनैतिक दलका प्रतिनिधि, भुतपुर्व प्रहरी, पत्रकार, समाजसेवी, निर्माण व्यवसायी र विभिन्न सामाजिक संघ–संस्थाका पदाधिकारी, युवा क्लब, टोल विकास संस्था, आमा समुह र स्थानिय ब्यक्तिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा सुरज क्षेत्री, तिलकराम लोध, खगेश्वर भूसाल, नन्दबहादुर खड्काथोकी, चुडामणी जैसी, कृष्णबहादुर बि.क., रेनु कुवँर, दुर्गा बहादुर थापा, हिमाल थापा, कृष्णप्रसाद शर्मा, प्रेमचन्द्र पोख्रेल, देविराम रेग्मी लगायत वक्ताहरुले कञ्चनको शान्तिपुर्ण र सुरक्षित समाजका लागि ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट भइरहेको प्रयास र गतिविधिहरुमा कुनै दोष लगाउनु पर्ने नभएको बिचार व्यक्त गरेका थिए ।
कार्यक्रममा कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल, उपाध्यक्ष मौसमी थापा मगर, वडा नं. १ का वडा अध्यक्ष हरिनारायण थारु, वडा नं. ३ का वडा अध्यक्ष टिकाराम सापकोटा र वडा नं. ४ का वडा अध्यक्ष केशरबहादुर खत्रीले समेत पालिकाको नीति, ऐन, कार्यविधि र कानुन अनुसार ईलाका प्रहरी कार्यालय रुद्रपुरलाई आर्थिक, भौतिक तथा जनशक्ती र श्रोत साधनले सु–सम्पन्न गर्न आवश्यक पहल र सहयोग गर्ने बताउनु भएको छ ।
ईलाका प्रहरी कार्यालय रुद्रपुरका कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक उमाशंकर प्रसाद शाहको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी नायव निरीक्षक धर्मकुमार खडकाले कार्यक्रम संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय