रुपन्देहीको सैनामैनामा जारी दुधराक्ष कप क्लबस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको चौथो दिन भएका दुई खेलमा नेपाल पुलिस र गण्डकी विजयी भएका छन ।
सोमबार भएको पहिलो खेलमा ३–१ को सोझो सेटमा गण्डकी भलिबल क्लबले कोशीलाई पराजित गरेको हो । यस्तै दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराउँदै नेपाल पुलिस क्लबले जित सुनिश्चित ग¥यो ।
प्रतियोगिता फागुन ३ गतेसम्म चल्ने छ । बिजेताले ५ लाख ५५ हजार ५ सय ५५ सिल्ड मेडल र प्रमाणपत्र, उपविजेताले ३ लाख ३३ हजार ३ सय ३३, तृतीय स्थान हासिल गर्ने टोलीले १ लाख ११ हजार १ सय ११ रुपैँया, मेडल र प्रमाण–पत्र तथा सान्त्वना हुने टोलीले ५५ हजार ५ सय ५५ रुपैँया, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् ।
यसैगरी विद्यागत तर्फ उत्कृष्ट खेलाडीहरुले जनही ७ हजार ७ सय ७७ रुपैँया र सर्वोत्कृष्ट खेलाडीले १५ हजार ५ सय ५५ रुपैँया प्राप्त गर्ने दुधराक्ष युवा क्लबले जनाएको छ ।







