LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

प्रतिपक्षी दलहरूले मंगलवार प्रतिनिधिसभा बैठक अवरोध गरेका छन् । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिएकोप्रति आपत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा माओवादी केन्द्रले आपत्ति जनाउँदै बैठक अवरोध गरेका हुन् ।
आकस्मिक र शून्य समय सकिएपछि कुन प्रक्रिया अन्तर्गत समय दिइएको हो भन्दै रास्वपा सांसद गणेश पराजुलीले आपत्ति जनाउनुभएको थियो । उहाँले सांसद खतिवडाले बोलेको अभिव्यक्ति रेकर्डबाटै हटाउनुपर्ने माग गर्नुभयो ।
उपसभामुख इन्दिरा राना मगरले आकस्मिक समय दिन बिर्सिएकाले खतिवडालाई बोल्न दिइएको स्पष्टीकरण दिनुभएको थियो ।
तर, रास्वपा सांसद पराजुली, सुमना श्रेष्ठ लगायतले उठेर विरोध गरेका थिए । केहीबेरमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिनिधिसभा नियमावली अनुसार संसद नचलेको आरोप लगाउनुभयो ।
यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नभएको विषय संसदमा उठाउनु भएको छ ।
सांसद शाहले भन्नुभयो– प्रधानमन्त्री आजकल टिकटकमा अलिकति व्यस्त हुनुहुन्छ । यही व्यस्तताले एउटा काम बिर्सनु भएको छ । म सम्झाउन चाहन्छु– नयाँ सरकार बनेको महिनौं भइसक्यो तर, मन्त्रीहरूको सम्पत्ति विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसद शाहले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्दै पारदर्शिता र जवाफदेहिताको नारा घन्काउनेहरू किन मौन छन ? भन्दै प्रश्न गर्नुभयो ।
मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक नगर्ने सरकारबाट सुशासनको अपेक्षा गर्न नसकिने उहाँको भनाई छ । ‘मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक नगर्ने सरकारबाट भ्रष्टाचारका फाइल खुल्ने आशा के गर्नु ?’ उहाँको प्रश्न छ ।
सांसद शाहले भन्नुभयो– तत्काल मन्त्रीहरूको विवरण सार्वजनिक गर्नुपर्दछ । सरकारले सुशासनको देखावटी नाटक बन्द गरोस्, मन्त्रीहरूको सम्पत्ति विवरण तुरुन्त सार्वजनिक गरोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय