LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

नेपाल यो बर्ष पनि धेरै भ्रष्टाचार हुने मुलुकको सूचीमै परेको छ । भ्रष्टाचारसम्बन्धी अवधारणाको मापन गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलवार सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकाङ्क (सीपीआई)–२०२४ मा नेपाल १०७ औं स्थानमा परेको छ ।
भ्रष्टाचार हुने देशहरूको सूचीमा नेपालले एक सयमा ३४ अङ्क पाएको छ । अघिल्लो वर्ष नेपाल ३५ अङ्कका साथ १०८औं स्थानमा थियो ।
विश्वभर एकैपटक सार्वजनिक गरिएको प्रतिवेदनमा दक्षिण एशियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ । भुटानको ७२ अङ्क छ । दक्षिण एशियामा सबैभन्दा बढी भ्रष्टाचार हुने देशमा अफगानिस्तान छ ।
भारत र माल्दिभ्सले समान ३८ अङ्क, श्रीलङ्काले ३२ अङ्क, पाकिस्तानले २७ अङ्क, बङ्गलादेशले २३ र अफगानिस्तानले १७ अङ्क प्राप्त गरेका छन् ।
विश्वका एक सय ८० वटा देशलाई समेटेर तयार पारिएको प्रतिवेदन अनुसार ९० अङ्कसहित डेनमार्क कम भ्रष्टाचार हुने देशमा छ । सुडान सबैभन्दा धेरै भ्रष्टाचार हुने देशको सूचीमा परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय