LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेपाल यो बर्ष पनि धेरै भ्रष्टाचार हुने मुलुकको सूचीमै परेको छ । भ्रष्टाचारसम्बन्धी अवधारणाको मापन गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलवार सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकाङ्क (सीपीआई)–२०२४ मा नेपाल १०७ औं स्थानमा परेको छ ।
भ्रष्टाचार हुने देशहरूको सूचीमा नेपालले एक सयमा ३४ अङ्क पाएको छ । अघिल्लो वर्ष नेपाल ३५ अङ्कका साथ १०८औं स्थानमा थियो ।
विश्वभर एकैपटक सार्वजनिक गरिएको प्रतिवेदनमा दक्षिण एशियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ । भुटानको ७२ अङ्क छ । दक्षिण एशियामा सबैभन्दा बढी भ्रष्टाचार हुने देशमा अफगानिस्तान छ ।
भारत र माल्दिभ्सले समान ३८ अङ्क, श्रीलङ्काले ३२ अङ्क, पाकिस्तानले २७ अङ्क, बङ्गलादेशले २३ र अफगानिस्तानले १७ अङ्क प्राप्त गरेका छन् ।
विश्वका एक सय ८० वटा देशलाई समेटेर तयार पारिएको प्रतिवेदन अनुसार ९० अङ्कसहित डेनमार्क कम भ्रष्टाचार हुने देशमा छ । सुडान सबैभन्दा धेरै भ्रष्टाचार हुने देशको सूचीमा परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय