LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना नगरपालिका ११ मा रहेको कोटियादेवी माध्यमिक विद्यालयमा फागुन ७ देखि १४ गतेसम्म श्रीमद भागवत धनधान्याचल ज्ञान महायज्ञ हुने भएको छ ।
विद्यालयको शैक्षिक स्तरोन्नती, गुणस्तर अभिबृद्धि र जग्गा व्यवस्थापनका लागि आर्थिक सहयोगार्थ आयोजना हुन लागेको महायज्ञमा अन्तर्राष्ट्रिय स्तरका प्रखर कथाबाचक प्रबीण पण्डित दिनबन्धु पोखरेलले कथाबाचन गर्नु हुने कार्यक्रम छ ।
महायज्ञ सम्पन्न गर्न समाजसेवी तिलकराम घिमिरेको संयोजकत्वमा १ हजार ५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
महायज्ञ तयारीको पूर्व सन्ध्यामा मंगलवार सैनामैना वडा नं. १० का विभिन्न कृयाशील संघसंस्था, टोलविकास संस्था, जनप्रतिनिधि लगायत समाजसेवी र स्थानीयसंग अन्तरक्रिया आयोजना गरिएको छ ।
त्यस अवसरमा बोल्नेहरुले महायज्ञलाई सफल रुपमा सम्पन्न गराउने प्रतिवद्धता जनाएका छन ।
महायज्ञ आयोजक समितिका अनुसार फागुन ७ गते विहान ७ बजेदेखि ९.३० बजेसम्म पूर्वाङ्ग मूलपाठ कार्यक्रम हुनेछ भने फागुन ७ गते विहान ९.३० बजेदेखि शोभा कलशयात्रा सुरु हुनेछ । फागुन ७ गते दिउँसो १२.३० बजे महायज्ञको समुदघाटन हुने तयारी छ ।
महायज्ञका अवसरमा हरेक दिन नित्य पुजा, संगीतमय कथा प्रचचन तथा झाँकी, साँझमा आरती, पुष्पाञ्जली एवं टिका, फूल प्रसाद प्रदान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय