LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

रुपन्देहीको सैनामैना नगरपालिका ११ मा रहेको कोटियादेवी माध्यमिक विद्यालयमा फागुन ७ देखि १४ गतेसम्म श्रीमद भागवत धनधान्याचल ज्ञान महायज्ञ हुने भएको छ ।
विद्यालयको शैक्षिक स्तरोन्नती, गुणस्तर अभिबृद्धि र जग्गा व्यवस्थापनका लागि आर्थिक सहयोगार्थ आयोजना हुन लागेको महायज्ञमा अन्तर्राष्ट्रिय स्तरका प्रखर कथाबाचक प्रबीण पण्डित दिनबन्धु पोखरेलले कथाबाचन गर्नु हुने कार्यक्रम छ ।
महायज्ञ सम्पन्न गर्न समाजसेवी तिलकराम घिमिरेको संयोजकत्वमा १ हजार ५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
महायज्ञ तयारीको पूर्व सन्ध्यामा मंगलवार सैनामैना वडा नं. १० का विभिन्न कृयाशील संघसंस्था, टोलविकास संस्था, जनप्रतिनिधि लगायत समाजसेवी र स्थानीयसंग अन्तरक्रिया आयोजना गरिएको छ ।
त्यस अवसरमा बोल्नेहरुले महायज्ञलाई सफल रुपमा सम्पन्न गराउने प्रतिवद्धता जनाएका छन ।
महायज्ञ आयोजक समितिका अनुसार फागुन ७ गते विहान ७ बजेदेखि ९.३० बजेसम्म पूर्वाङ्ग मूलपाठ कार्यक्रम हुनेछ भने फागुन ७ गते विहान ९.३० बजेदेखि शोभा कलशयात्रा सुरु हुनेछ । फागुन ७ गते दिउँसो १२.३० बजे महायज्ञको समुदघाटन हुने तयारी छ ।
महायज्ञका अवसरमा हरेक दिन नित्य पुजा, संगीतमय कथा प्रचचन तथा झाँकी, साँझमा आरती, पुष्पाञ्जली एवं टिका, फूल प्रसाद प्रदान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय