LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

गायिका एलिना चौहान र विष्णु सापकोटाबिच कानुनीरुपमा सम्बन्धविच्छेद भएको छ । मंगलबार काठमाडौँ जिल्ला अदालतले उनीहरुबीचको सम्बन्धबिच्छेदको मुद्दा टुंगो लगाएको हो ।
न्यायाधीश मोना सिंहको इजलासमा अंश र मानाचामल नलिने गरी सम्बन्धबिच्छेद भएको अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
अदालतमा विष्णु सापकोटाका बुबा वारेसको रूपमा उपस्थित हुनुभएको थियो । माघ दोस्रो साता चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन् । उनले काठमाडौँ जिल्ला अदालतमा वारेस विष्णुप्रसाद खरेलमार्फत मुद्दा दायर गरेकी थिइन् ।
एलिनाले गत वैशाखमा बागलुङ निवासी सापकोटासँग विवाह गरेकी थिइन् ।
एलिनाले जिल्ला अदालतमा पेस गरेको निवेदनमा आफू कलाकारिता क्षेत्रमा काम गर्ने भएकाले कार्यक्रममा सहभागी हुँदा कहिलेकाहीँ राति अबेरसम्म बस्नुपर्ने हुँदा पतिले विभिन्न शंका–उपशंका गरेको खुलाएकी थिइन् ।
यस्तै विवाहपछि आफू अस्ट्रेलियामै पतिसँग गएर बसेको तर यसक्रममा सुरुका केही दिन राम्रै भएपनि पछि सम्बन्धमा खटपट आएपछि आफू नेपाल आएर बस्न थालेको उनले जनाएकी थिइन् ।
पतिसँग भावनात्मक सम्बन्ध राम्रो हुन नसकेकाले कागजी सम्बन्धमा मात्र पति–पत्नी भएर बस्न उचित नरहेकाले सम्बन्धविच्छेदका लागि निवेदन दिएको उनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय