LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

क्रिएटिभ लुम्बिनी इङ्गलिस बोर्डिङ्ग स्कुल, कञ्चन ४ अस्नैया रुपन्देहीको १७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयको आन्तरिक तथा बाह्य अतिरिक्त क्रियाकलापहरुमा पुरस्कृत विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ।
कार्यक्रममा कञ्चन गाउँपालिकाका अध्ययक्ष नवराज ढकालले कञ्चनको शैक्षिक क्षत्रमा निजी तथा संस्थागत विद्यालयहरुले पुर्याएको योगदानको उच्च प्रशंसा गर्नुभो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष ढकालले शैक्षिक गुणस्तरीयतामा प्रतिस्पर्धा गर्नु पर्ने आग्रह गर्दै गुणस्तरीय शिक्षाले सभ्य समाज निर्माण गर्ने बिचार उल्लेख गर्नुभयो।

कार्यक्रममा कन्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापाले यस विद्यालय शिक्षामा मात्र नभई अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट रहेको उल्लेख गर्दै शिक्षाविना मानिसको जीवन अर्धहीन रहेको हुँदा आज हरेक विकासमा शिक्षा अगाडि रहेको दाबी गर्नुभयो। कार्यक्रमका विशिष्ट अतिथि समेत रहनु भएका उपाध्यक्ष थापा मगरले समाजको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक रुपमा समेत अब्बल हुन शिक्षा अनिवार्य रहेको बताउनुभयो। वडा नं ४ का वडाध्यक्ष केशरबहादुर खत्रीले शिक्षालाई व्यवसायिक भन्दामा पनि सभ्य समाज निर्माण गर्न उपयोग गर्नमा प्रेरित गर्नुपर्ने बिचार व्यक्त गर्नु भएको थियो।

कार्यक्रममा प्याब्सन नेपालका पूर्व केन्द्रिय सदस्य लेखनाथ पौडेल, स्थानीय दुर्गा राजकोटी, मलावरदेवी माध्यमिक विद्यालय व्यबस्थापन समितिका अध्यक्ष शसिधर सापकोटा, विनोद कुमार पुन, चन्द्र प्रकाश घर्ति लगायतले शुभकामना दिदै लुम्बिनी इङ्गलिस बोर्डिङ्ग स्कुलले विद्यार्थी, अभिभावक र विद्यार्थीह बिचको सहसम्बन्धलाई बलियो बनाएर विद्यालयको शैक्षिक स्तरलाई विश्वसनीय बनाउदै जानु पर्नेमा जोड दिएका थिए। आन्तरिक तथा बाह्य प्रतियोगिताहरुमा देखाएको उत्कृष्ट प्रदर्शनी र उपलब्धीहरु नै यस विद्यालयको अव्बलतामा श्रेणीहरु थपिदै गएको वक्ताहरुले उल्लेख गर्नुभयो।

विद्यालय सञ्चालक समितिका सदस्य सुवास ढकालको अध्यक्षता, शिक्षक सृजना थापाको स्वागतमा भएको कार्यक्रममा विद्यार्थीहरुद्वारा सांस्कृतिक नृत्य सहित शैक्षिक तथा विज्ञान प्रदर्शनी गरेका थिए। कक्षा नर्सरी देखि कक्षा आठ सम्म अध्ययन अध्यापन हुने उक्त विद्यालयको १७ औं वार्षिक तथा अभिभावक दिवसको अवसरमा शिक्षक दुर्गा रानाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय