रुपन्देहीको सैनामैनामा जारी दुधराक्ष कप क्लबस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको छैठौ दिन बुधबार भएका दुई खेलमा गण्डकी र नेपाल आर्मी सेमीफाईनलमा प्रवेश गरेका छन ।
बुधबार भएको पहिलो खेलमा गण्डकी भलिबल क्लवले गल्कोट भलिबल क्लवलाई ३–० को सोझो सेटमा पराजित ग¥यो ।
त्यसैगरी दोश्रो खेलमा नेपाल आर्मीले एपीएफ क्लवलाई ३–० को सोझो सेटमा पराजित ग¥यो ।



रुपन्देहीको सैनामैना ६ कलौनीमा भैरहेको प्रतियोगितामा विहिबारदेखि सेमीफाईनलका खेल सुरु हुनेछ ।
फागुन ३ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले ५ लाख ५५ हजार ५ सय ५५ सिल्ड मेडल र प्रमाणपत्र, उपविजेताले ३ लाख ३३ हजार ३ सय ३३, तृतीय स्थान हासिल गर्ने टोलीले १ लाख ११ हजार १ सय ११ रुपैँया, मेडल र प्रमाण–पत्र तथा सान्त्वना हुने टोलीले ५५ हजार ५ सय ५५ रुपैँया, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् ।
यसैगरी विद्यागत तर्फ उत्कृष्ट खेलाडीहरुले जनही ७ हजार ७ सय ७७ रुपैँया र सर्वोत्कृष्ट खेलाडीले १५ हजार ५ सय ५५ रुपैँया प्राप्त गर्ने दुधराक्ष युवा क्लबले जनाएको छ ।




