LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको कञ्चन गाउँपालिका वडा नंं १ सुन्दरनगर रातोडाँडामा २१ बर्षीय युवक सरोज परियारले आफ्नै आमा अन्दाजी ४१ बर्षीया पार्वती परियारको हत्या गरेका छन ।
विहिवार विहान करिव साढे एक बजे आफूले आमाको हत्या गरेको भन्दै सरोजले छिमेकीहरुलाई विहिवार विहानमात्रै जानकारी गराएका थिए ।
छिमेकी स्थानीय एक महिलाका अनुसार आमाको हत्या गरेपछि सरोजले आफू पुलिस चौकीमा जानकारी दिन आएको भन्दै आमाको आँखा फुटालेको बताएका थिए ।
छिमेकीका अनुसार सरोज पहिलेदेखि नै आपराधीक गतिविधिमा संलग्न रहेको र प्रहरीले समेत उनलाई पटकपटक पक्राउ गर्दै छोडदै आएको थियो । स्थानीय छिमेकीहरुले समेत सरोजबाट आफूहरु सुरक्षित नरहेको महुसस बेलाबेलामा गर्दै आएको सुनाएका छन ।
इलाका प्रहरी कार्यालय रुद्रपुरले घटनास्थलमा पुगेर हत्याको मुचुल्का तयार गरि स्थानीयसंग घटनाको बिषयमा सोधपुछ गरेको थियो ।
स्थानीय बासिन्दाले सरोज मानसिक रोगी समेत रहेको र धेरै पहिलेदेखि दुव्र्यसनीमा समेत संलग्न रहेको बताएका छन ।
घटनास्थलबाट प्रहरीले काटिएको अवस्थामा एउटा हातको बुढी औला र दुईवटै आँखा फुटालेको अवस्थामा शव सहित धारिलो हँसिया बरामद गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय