LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपदेहीको रुद्रपुर माध्यमिक विद्यालयको आयोजनामा टोनी हागन फाउण्डेसन नेपालको सहयोगमा टोनी हागनको उहिलेको नेपाल नामक फोटो प्रदर्शनी गरिएको छ ।

फोटो प्रदर्शनीमा भूगर्वविद टोनी हागनले ७० बर्ष अगाडि नेपाल भ्रमणको क्रममा खिच्नु भएको नेपालका बिभिन्न स्थानहरुको फोटो प्रदर्शनका लागि राखिएको छ ।

उहिलेको नेपाल नामक फोटो प्रदर्शनीको शुभारम्भ गर्दै कञ्चन गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष केशरबहादुर खत्रीले पुराना फोटोहरुको प्रदर्शनीले विद्यार्थीहरुलाई हाम्रो देशको तत्कालीन अवस्था र नेपालीको जनजीवनको बारेमा नजिकबाट नियाल्न र बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै टोनी हागन फाउण्डेसन नेपालका कोषाध्यक्ष तथा हिमाल पाक्षिक पत्रिकाका संस्थापक सम्पादक बसन्त थापाले टोनी हागनले आफू नेपाल भ्रमणमा आउँदा नेपालका विभिन्न स्थानहरुको भ्रमण गर्नुभएको र भ्रमणको क्रममा नेपालको भौगोलिक तथा जनजीवन र रहनसहनसंग नजिक रहेर विभिन्न समयमा वहाँले खिच्नु भएका तस्विरहरु मध्ये केही तस्विरहरुमात्र प्रदर्शनीमा राखिएको जानकारी गराउनु भयो ।

टोनी हागन भूगर्वविद मात्र नभई फोटो पत्रकार समेत भएको स्मरण गर्दै वहाँले भ्रमणको क्रममा लिएका दुर्लभ र ऐतिहासिक तस्विरहरुले उहिले नेपालको अवस्था कस्तो थियो र त्यसको बिकासक्रम कसरी हुँदैगयो भन्ने सिक्न सहज हुने उद्देश्यले विद्यालयमा फोटो प्रदर्शनी गरिएको बताउनु भयो ।

विद्यालय व्यबस्थापन समितिका अध्यक्ष चिरञ्जीवी खनालको अध्यक्षता तथा प्रधानाध्यापक डोलाराम पौडेलको स्वागतमा भएको कार्यक्रममा विद्यालयका शिक्षक तथा पूर्व विद्यार्थी समाजका सहसचिव प्रकाश क्षेत्रीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय