LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |
oppo_2

नेपालका प्रथम शहिद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ ।
प्रथम शहिद लखन थापा मगरको १४८ औं स्मृति दिवसको अवसरमा शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले प्रथम शहिद थापा मगरलाई सम्मानका लागि राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको हो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले राष्ट्रिय विभूति घोषणा गरेर लखन थापा मगरको योगदानलाई सम्मान व्यक्त गर्नुपर्ने कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै नेपाल मगर संघ केन्द्रीय समितिका सह अध्यक्ष दलबहादुर वीरकट्टा मगरले राज्यले प्रथम शहिद मात्रै घोषणा गर्ने तर उहाँको स्मृतिमा राज्यको तर्फबाट कुनै पनि सम्मानजनक कार्यहरु, गतिविधि तथा कार्यक्रमहरु पनि नगर्दा प्रथम शहिदको अपमान भएको बताउनुभयो ।
उहाँले शहिद लखन थापा मगरको शालिक काठमाडौंमा रहेको शहिद गेटमा अनावरण गर्नुपर्ने, मध्यपहाडी लोकमार्गको नाम शहिद लखन थापाको नामबाट नामाकरण गरिनुपर्ने लगायतका संघले राखेका मागहरु राज्यले पूरा गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा बोल्दै बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेयले शहिदहरुले देखाएको बाटोमा हिड्नु नै शहीदहरुप्रति सच्चा श्रद्धाञ्जली र सम्मान हुने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय