LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना नगरपालिकाको वार्ड नम्वर १ मा रहेको सैनामैना मेमोरियल स्कुलले पुरस्कार वितरण तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार आयोजित उक्त कार्यक्रममा आठ सय बढी मेडल, शिल्ड तथा प्रमाण पत्र वितरण गरिएको थियो ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष बुद्धिमान थापाको अध्यक्षता, प्रमुख अतिथि सैनामैना नगरपालिका वडा नः १ अध्यक्ष भुवन क्षेत्री, विशिष्ट अतिथिमा जनप्रतिनिधि प्रेम भुसाल, जनप्रतिनिधि नर ब. सुनार तथा विभिन्न संघसस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु अतिथि रहेको कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका वडा नः १ का वडा अध्यक्ष भुवन क्षेत्रीले सैनामैना मेमोरियल स्कुल यस क्षेत्रको गहना तथा गौरव भएकोले यस विद्यालयले गरेको प्रगतिमा स्थानीय सबैले खुसी व्यक्त गरिरहेको बताउनुभयो ।

मन्तव्यकै क्रममा अध्यक्ष क्षेत्रीले सैनामैना मेमोरियल स्कुल यस वडाको सम्पत्ति भएकोले स्कुलको गेटसम्मको बाटो पिच गरिदिने प्रतिवद्धता समेत ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथि वडा सदस्य प्रेम भुसाल, विद्यालयका प्रवन्ध निर्देशक जेबी क्षेत्री लगायतले मन्तव्य राखेको कार्यक्रममा प्राचार्य डिबी खत्रीले विद्यालयको प्रगति विवरण तथा भावी योजना बताउनु भएको थियो ।

कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष बुद्धिमान थापाले विद्यालयले शैक्षिक गतिविधिसंगै अतिरिक्त कृयाकलापलाई पनि महत्वपूर्ण ध्यान दिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका शैक्षिक सल्लाहकार लिलाधर घिमिरेले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रकाश चौधरीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय