LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आवधिक योजना र आयोजना बैंक मार्फत योजना छनोटको प्रक्रियालाई प्रभावकारी बनाइने बताउनु भएको छ ।
लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना तर्जुमा सम्वन्धि प्रदेश विकास परिषद्को बैठकलाई शनिबार लमहीमा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले टुक्रे आयोजनालाई निरुत्साहित गर्न आवधिक योजना र आयोजना बैंकले समेटेका योजनाहरुलाई बार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने बताउनु भएको हो ।

प्रदेश सरकारले नयाँ योजना थप्ने भन्दा पनि अधुरा आयोजनालाई सम्पन्न गर्न प्राथमिकतामा राखेको बताउँदै मुख्यमन्त्री आचार्यले प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रको विकासमा योगदान पु¥याउने योजनालाई सरकारले प्राथमिकतामा राख्ने उल्लेख गर्नुभयो ।

टुक्रे योजनालाई निरुत्साहित गर्न प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्दै उहाँले आगामी बजेटमा टुक्रे योजना घटाउछौं भन्नुभयो ।
आवधिक योजनालाई प्रदेश मन्त्रिपरिषद् बैठकबाट पारित गर्नु अघि प्रदेश विकास परिषद् बैठकमा प्राप्त सुझावहरुलाइ समेटिने मुख्यमन्त्री आचार्यले बताउनु भयो ।

मुख्यमन्त्रीले प्रदेश सरकार स्थापनाभएपछी विकास निर्माणको कामले गति लिएको, गाउँ शहरको मुहार फेरिएको, जनताको आधारभुत आवश्यकताहरु पुरा गर्न सरकारले सफलता प्राप्त गरिरहेको स्पष्ट पार्नुभयो ।
बैठकलाई पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दल नेता डिल्लीबहादुर चौधरी, पूर्व मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्र संसदीय दल नेता जोखबहादुर महरा लगायतका वक्ताहरुले सम्वोधन गर्दै योजनाबद्ध विकास र प्रदेशका प्राथमिकताका आधारमा आवधिक योजनाले दिशा निर्देश गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय