LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको कञ्चनमा पालिकाको प्रस्तावित शिक्षा योजनाको मस्यौदाू माथि पृष्ठपोषण तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ।

कालिका स्वालम्बन सामाजिक बिकास केन्द्र, कपिलबस्तुको प्राविधिक सहयोगमा तयार गरिएको शिक्षा योजनाको मस्यौदा माथी कञ्चन गाउँपालिकाका शिक्षा समितिका पदाधिकारी, कार्यपालिका सदस्यहरु, वडा अध्यक्ष, सामुदायिक विद्यालय व्यबस्थापन समिति महासंघका प्रतिनीधि, विभिन्न विद्यालयका प्रतिनीधि लगायत सरोकारवालाहरु बिच छलफल गरिएको थियो।

कार्यक्रममा शिक्षा योजना मस्यौदामा समावेश गरिएका बिषय, प्रस्तावना, महत्व, आवस्यकता, औचित्यता, दुरदृष्टि, उद्धेश्य तथा लक्ष्य, रणनीति र कार्यनीति माथी सहभागिहरुले सुझाव तथा पुनः लेखनका लागि आवस्यक पृष्ठपोषण दिएका थिए।

आगामी १० बर्षका लागि प्रस्तावित गरिएको योजना मस्यौदामा समावेश गरिएका सामुदायिक तथा संस्थागत विद्यालयको तहगत कक्षा, विद्यार्थीको भर्ना दर, त्यसको लक्ष्य, अपेक्षित उपलब्धी, योजना सञ्चालनका चुनौती, अवसर, कार्य क्षेत्र, सिकाई उपलब्धी, शैक्षिक बिकास व्यबस्थापन, सामुदायिक पुस्तकालय र सामुदायिक सिकाई केन्द्रको व्यबस्थापन लगायत बिषयहरुका बारेमा शिक्षा शाखा प्रमुख रमेश भूसालले सहजिकरण गर्नु भएको थियो।

कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चनको शिक्षालाई प्रविधियुक्त र कुनैपनि बाह्य क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ती तयार गर्नेगरी प्रस्तावित १० बर्षे शिक्षा योजनाको मस्यौदाले समृद्धि एवम समतामुलक गुणस्तरीय शिक्षालाई प्राथमिकता दिएको बताउनु भयो। शिक्षा कञ्चन शिक्षा समितिका संयोजक समेत रहनु भएका अध्यक्ष ढकालले निःशुल्क तथा अनिवार्य शिक्षालाई व्यबहारिक रुपमा कार्यान्वयन गर्न र विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई समेत शिक्षाको पहुँचमा पुर्याउने बिशेष रणनीति र कार्यनीति सहित कञ्चन गाउपालिकाको ईच्छा, समृद्ध एवम् समताुमलक गुणस्तरीय शिक्षा भन्ने पालिकाको दूरदृष्टि परिकल्पना गरी शिक्षा योजना मस्यौदा तयार भएको समेत बताउनु भयो।

त्यस्तै वडा नं। ३ कका वडा अध्यक्ष टीकाराम सापकोटाले विद्यालय शिक्षामा अनुशासन, नैतिक र व्यबहारिक शिक्षालाई प्राथमिकता दिनु पर्ने उल्लेख गर्दै समाजमा शिक्षित भएपनि सचेत र अनुशासित नागरिक पाउन गाह्रो भएको बताउनु भयो। योजना बन्नु ठूलो कुरा नभई योजनाको कार्यान्वयन पक्ष महत्वपुर्ण हुने भन्दै वडा अध्यक्ष सापकोटाले अवको शिक्षा योजनामा विद्यालय तहको पढाई सकिएपछि विद्यार्थीहरु आफै व्यबसायिक बनेर आत्मनिर्भर र स्वरोजगार बन्ने प्रविधिक शिक्षालाई प्राथमिकता दिनु पर्ने सुझाव दिनुभयो।

कार्यक्रममा कालिका स्वलम्बन सामजिक केन्द्रका कार्यक्रम व्यबस्थापक हरिशचन्द्र चौधरीले कञ्चन गाउापालिकाको प्रस्तावित शिक्षा योजना मस्यौदा गर्दा सहयोग गर्ने जनप्रतिनीधि, कर्मचारी, शिक्षा समितिका पदाधिकारी लगायत सरोकारवालाहरुलाई धन्यवाद दिदै छलफलको क्रममा प्राप्त भएका सुझाव सल्लाहलाई समेत समावेश गरी मस्यौदामा देखिएका त्रुटीलाई पुनः लेखन गरेर मस्यौदाको अन्तिम रुप तयार गरी पालिकालाई हस्तान्तरण गरिने बताउनु भयो।
कार्यक्रम कञ्चन गाउँपालिकाको सभाहलमा भएको कार्यक्रमको अध्यक्षता कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय