रुपन्देहीको कञ्चन खेलकुदका लागि अनुकुलित वातावरण हो। यहाँ कुनै न कुनै दिन कुनै न कुनै खेलकुद प्रतियोगिता भइरहेको हुन्छ। कञ्चनमा भइरहेको खेलकुद गतिविधिले खेलाडी र फाटो पत्रकारितामा रुचि राख्नेहरुका लागि स्वर्णिम अवसर जुट्दै गइरहेको छ।
यसै सन्दर्भमा कञ्चनमा हिमालय सामुदायिक बिकास केन्द्र, कञ्चन ४ दियो रुपन्देहीको आयोजनामा हिजो सोमबार देखि विगत १६ बर्ष अगाडी देखि निरन्तर रुपमा सञ्चालन हुदै आइरहेको कञ्चन कप अन्तर्गतको १६ औं संस्करणको शुरुवात भएको छ।



कञ्चन कपको नाममा संचलान भएको कञ्चनको एक प्रतिस्ठित फुटवल प्रतियोगिताको उद्घाटन कञ्चन गाउँपालिका वडा नं। ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले गर्नुभएको छ।
प्रतियोगिताको विजेता टिमले नगद २ लाख १ हजार रुपैया सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन। यस्तै उपविजेता टिमले नगद १ लाख १ हजार रुपैया सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन।
रुपन्देही, कपिलबवस्तु र नवलपरासीका १० फुटवल टिमहरुले सहभागिता जनाएको उक्त प्रतियोगिता फागुन १४ महाशिवरात्रीका दिनसम्म संचालन हुनेछ।
स्थानीय श्रोत र साधनहरुको परिचालन गर्दै बि।सं। २०६६ साल देखि हिमालय गोल्डकपको रुपमा संचालन हुदै आइरहेको १२ औं संस्करणको उक्त फुटवल प्रतियोगितालाई २०७७ सालमा प्रथम कञ्चन गाउँपालिका अध्यक्ष कपको रुपमा सञ्चालन गरिएको थियो।
उक्त प्रतियोगितालाई कञ्चन गाउँपालिकाले नियमित रुपमा अपनत्व र अभिभावकत्व नगर्ने भएपछि पुनः १३ औं संस्करण देखि कञ्चन कपको रुपमा संचालन हुदै १६ औं संस्कुरमा आइपुगेको हो।
फुटवल प्रतियोगिता कञ्चनको धेरै ठाउँमा नियमित रुपमा सञ्चालन भए पनि विगतमा जस्तो प्रतियोगिताहरुको सहभागिता राम्रो नभएको हिमाल सामुदायिक सबकास केन्द्रका अध्यक्षँ पप्रकाश थापाले बताउनुभयो। १६ बर्ष अगाडी सामान्य पुरस्कार राशीबाट शुरु गरेको प्रतिया्ेगितालो खेलाडी र फुुटवल टिमहरुलाई व्यबसायिक बनाउन सकेकोमा भने अध्यक्ष थापाले खुशी व्यक्त गर्नुभएको छ।
करिब १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको यस बर्षको संस्करणमा सर्वोकृष्ट खेलाडीलाई ७ हजार ५ सय रुपैया, उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई जनही ५ हजार ५ सय रुपैया सहित ट्रफीको व्यबस्था गरिएको आयोजकले जनाएको छ।
प्रतियेगितामा सैनामैना कलेज सैनामैना, राजेश स्मृति फाउन्डेसन कपिलवस्तु, देश भक्त एफ। सी। नवलपरासी, चाँदनी युवा क्लब कञ्चन
फर्साटिकर एफ।सि। शुद्धोधन, हिमालय एफ।सि। ९आयोजक०, इभोलुशन क्लब अफ बुटवल, भैरव स्पोर्टस क्लब नवलपरासी, योङ्ग बोईज देवदह, सम्पुर्ण एफ।सि। सुपौलीले सहभागिता जनाएका छन।
गाउपालिका, संघ, संस्था र स्थानीयहरुबाट प्राप्त हुने आर्थिक र भौतिक सहयोग नै प्रतियोगिताको मुख्य आर्थिक श्रोत भएको प्रतियोगितामा हरेक खेलको म्यान अफ द म्याचका लागि जनही १ हजार १ सय रुपैया र ट्रफी समेत प्राप्त गर्नेछन।




